रामपुर योग समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०६-१२

रामपुर योग समितिको आयोजनामा हिन्दुहरूको महान पर्व बडा दशैं ,शुभ दीपावली, छडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रामपुरयोग समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि वडा अध्यक्ष पोखरेलले बोल्दै योग ध्यानले मानिसलाई सकारात्मक चिन्तनतिर लैजाने बताउनुभएको छ । उहाँले सबैतिर नकारात्मकता फैलिएको बेला ब्रह्माण्डसँग साक्षात्कार गर्न योगले भूमिका खेल्ने भन्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ। त्यस्तै उपस्थित हुनुभएका सम्पूर्णलाई योग समिति रामपुरका उपाध्यक्ष एवं वडा अध्यक्ष दोबराज तिवारी को स्वागतबाट सुरु भएको कार्यक्रममा आयुर्वेदिक अस्पतालका प्रमुख चेवन प्रकाश पोखरेल देशको समसामयिक परिस्थितिमा घाँटी हेरेर हाड निल्दै देखावटी नगर्न दशैंलाई दशाको रूपमा नभई रमाइलो पर्व र भेटघाटको पर्वको रूपमा मनाउन अनुरोध गर्नुभएको छ ।

करिब उपस्थित ४० जना योग साधकहरूको बीचमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा आआफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ। रामपुर योगा समितिका अध्यक्ष सुदीप गैरेको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जलि योगका जिल्ला उपाध्यक्ष दामोदर भण्डारी लगायतले आफ्ना शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समितिका सचिव सूर्य श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुहुँदै योग जीवनका लागि अपरिहार्य भएकोले सबैले योग गरी निरोगी बन्न अनुरोध गर्नुभएको छ