पाल्पा । रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था सामान्य र एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सुनौली देखि रामपुर तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार सोमबार अपरान्ह ४ बजे दुर्घटना भएको थियो । घाइते हुनेहरुमा चालक रामपुर नगरपालिका–५ बेझाँड बस्ने ४० वर्षीय हम्जा खान, सोही स्थानका ३० वर्षीय रुक्साना खातुन, ३६ वर्षीय फारुख खान, १३ वर्षीय हम्दान खान, ४ वर्षीय फरदान खान र ६ वर्षीय इफरा खान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।


