बिश्व दृस्टी दिवस २०८२ को अबसर मा नेपाल नेत्रज्योति सङ तथा पाल्पा लायन्स लाकोल आखा अस्पताल को आयोजना अन्तर्कृया तथा पाल्पा जिल्ला का प्रहरी हरु को निसुल्क आखा जाच कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर राजिब के सि ले आखा रोग र बच्ने उपाय बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रम को उदेश्य तथा स्वागत उपाध्यक्ष भिमसेन कार्कि सचिब राजेन्द्र लिगल को सन्चालन र सङ का अध्यक्ष बुद्धि प्रसाद शर्मा को सभापतित्व मा सम्पन्न भएको कार्यक्रम मा अस्पतालमा आयका बिरामि हरु लाइ जुस र बिस्कुट बितरण गरिएको थियो।
त्यस्तै गरि सोही अबसर पारेर केन्द्र को निर्देशन अनुशार जिल्ला प्रहरी कार्यालय पाल्पा मा प्रहरि उपरीक्षक दिपेन्द्र पन्जियार थारु को आखा जाच गरि सुरु भएको कार्यक्रम मा ८० जना प्रहरीहरु को निसुल्क आखा जाच तथा चस्मा र औषधि बितरण गरियको।सो कार्यक्रम मा अस्पताल का बजिर जङ रायमाझी , मिन बहादुर कार्की र शम्भु आचार्य ले प्राबिधिक सहयोग गर्नु भएको सचिब राजेन्द्र लिगल ले बताउनु भयो।सो अबसर मा प्रहरी प्रमुख थारु ले दिवस को अबसर पारेर प्रहरी हरु को निसुल्क आखा जाच गरेको मा धन्यवाद दिनु भएको थियो।







