पाल्पा — अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले शुक्रबार केन्द्रीय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरूका लागि सहिद बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा निणर्य प्रमाणितसहितको साधारण सभाका लागि प्रतिनिधिहरू छनोट सम्पन्न गरेको छ।
सस्थाले कात्तिक १ गते सेवाकेन्द्र स्तरीय तथा एकाइगत साधारणसभाबाट छनोट भई आएका प्रतिनिधि सदस्य सहितको निणर्य प्रमाणित साधारणसभा आफ्नै सभाहलमा सम्पन्न गर्ने तयारी गरेको छ।
कार्यक्रममा प्रत्येक सेवाकेन्द्रबाट नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोबारी सदस्य, उत्कृष्ट वाल बचत, सफल तथा नमुना व्यवसायी, उत्कृष्ट केन्द्र र केन्द्र प्रमुखहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो। साथै, गत आर्थिक वर्षमा ७० वर्ष पुगेका थप २५ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मानसहित पेन्सन भत्ता वितरण गरिएको थियो। अहिलेसम्म १६७ जना ज्येष्ठ सदस्यहरू मासिक भत्ता पाउँदै आएका छन्।
त्यस अवसरमा यस वर्षको एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी अनुजा श्रेष्ठ र विविशा घिमिरेलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ। साथै, पाल्पा क्षेत्रमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई समेत सस्थाले सम्मान गरेको छ।
सस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलका अनुसार हालसम्म सस्थाको शेयर सदस्य संख्या ११,४४० पुगेको छ। २०८२ साल असार मसान्तसम्म सस्थाले १ अर्ब २६ करोड वचत संकलन, १ अर्ब ५ करोड ऋण लगानी र १५ करोड ८३ लाख शेयर पूँजीसहित १ अर्ब ६४ करोड बराबरको पूँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ।
सस्थाको विधान अनुसार यस वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको गठन तथा निर्वाचन हुने उल्लेख गर्दै पौडेलले सर्वसहमतिको आधारमा अन्तिम नामावली प्रकाशन भएको जानकारी दिनु भएको छ। उक्त प्रतिनिधिहरूको पदभार हस्तान्तरण तथा ग्रहण समारोह कात्तिक १ गते साधारणसभामा हुनेछ।
केन्द्रीय कार्यालय र सहयोगी सेवाकेन्द्रमा आवद्ध सदस्यहरूका लागि आयोजित कार्यक्रममा सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता भएको हो । उहाले सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै हालको अवस्था र आगामी योजनाबारे जानकारी गराउनु भएको छ ।
लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद लम्सालले सस्थाको हरेक कारोवार नीति, नियम र विधिसँग सुसंगत, चुस्त र व्यवस्थित रहेको बताउनु भएको छ ।
कार्यक्रममा वडा न १ का वडा अध्यक्ष एव नगर प्रवक्ता ,सस्थाका शेयर सदस्य समेत रहनु भएका कपिलबहादुर खाँडले पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टि नकारात्मक भएको बेला यहाँका सहकारी राम्रा भएको भन्दै सुशासन ,पारदर्शीता र लगानी मैत्री वातावरण निर्माण होस भन्नू भएको छ ।
कार्यक्रममा शेयर सदस्य राजेन्द्र लम्साल, निलकण्ठ पोखरेल, कृष्ण प्रसाद पौडेल, नारायण भट्टराई, सुनीता राना, देविलाल अधिकारी, एकराज गौतम लगायतले आफ्ना सुझाव र धारणा राख्नु भएको थियो।
उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सदस्यहरूका सुझावहरूलाई संस्थाको मार्गदर्शनका रूपमा लिएर भविष्यमा नीति, विधि र प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
यस अघि असोज २२ गते बुधबार एकैदिन चार स्थानहरू — रामपुर नगरपालिका वडा नं ९ अर्भसिंह, वडा नं १० रामटार, रम्भा गाउँपालिका वडा नं ५ ताँहु र निस्दी गाउँपालिका वडा नं ५ ढुङ्गानाबेसीमा सेवा केन्द्र स्तरीय रुपमा प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भैसकेको छ।
कार्यक्रम उपाध्यक्ष न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सचिव ओम प्रकाश वस्यालले गर्नु भएको थियो । कार्यक्रमको बिचबिचमा सहकारी गीत र नाच पनि प्रस्तुत गरिएको थियो ।



ं




