रामपुर, पाल्पा।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि., रामपुर पाल्पाले निर्णय प्रमाणित सहितको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सेवा केन्द्रबाट आएका सुझाब माथी छलफल गरि शनिबार आफ्नै सभाहलमा निर्णय प्रमाणीत सहित साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (लुम्बिनी प्रोस्कून) का अध्यक्ष कृष्ण प्रसाद नेपाल प्रमुख वक्ता रहनु भएको थियो । उहाँले सहकारीका मूल मर्म, सिद्धान्त र अवधारणाबारे प्रकाश पार्दै, “काम गर्दा अप्ठ्यारा परिस्थिति आउँछन्, तर त्यसबाट विचलित नभई निष्ठापूर्वक अघि बढ्नु नै सफलताको रहस्य हो,” भन्दै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका जिम्मेवारी, कर्तव्य र अधिकारबारे जानकारी गराउनु भएको छ।
कार्यक्रममा संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले निर्णय प्रमाणित सहितका प्रमुख विषय, प्रस्ताव र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालको अवस्था सार्वजनिक गर्नु भएको छ । उहाँका अनुसार २०८२ असार मसान्तसम्म आइपुग्दा संस्थामा ११,४४० जना शेयर सदस्य पुगेका छन्।
संस्थाले हालसम्म कुल बचत रु. १ अर्ब २६ करोड, कुल ऋण लगानी रु. १ अर्ब ५ करोड, कुल शेयर पूँजी रु. १५ करोड ८३ लाख सहित कुल पूँजी परिचालन रु. १ अर्ब ६४ करोड बराबर गरेको र खुद नाफा रु. ३ करोड ४६ लाख ६१ हजार ४८९ कमाएको छ। यस वर्ष पनि शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने निर्णय साधारण सभाले गरेको उहाँले जानकारी दिनु भएको छ।
साधारण सभामा शेयर सदस्य सन्दीप रानाले शुभकामना दिदै “उद्यमशीलताको विकास विना देशको आर्थिक समृद्धि सम्भव छैन” भन्दै सहकारीले उत्पादन र उद्यमशीलतालाई जोड्ने भावी योजना बनाउनुपर्ने सुझाव दिनु भएको छ ।
त्यस्तै गरि एकराज गौतम , वासुदेव ढकाल , भीमबहादुर नामजाली , र शम्भु प्रसाद अर्याल लगायत शेयस सदस्यले प्रदिबेदन उपर आफ्ना धारणा राख्नु भएको थियो ।
यस वर्ष संस्थाको विधान अनुसार सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सर्वसम्मतिका आधारमा सम्पन्न भएको छ।
निर्वाचन उपसमिति सदस्य बालकृष्ण लम्सालले अन्तिम नामावली घोषणा गर्दै नव निर्वाचित पदाधिकारीहरूलाई पदभार ग्रहण निर्वाचन उपसमिति सदस्य सूर्य प्रसाद धिमिरेले सपथ ग्रहण गराउनु भएको छ ।
नवगठित सञ्चालक समितिमा अध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने, उपाध्यक्ष सुरेश आचार्य सचिव मधुसुदन आचार्य ,कोषाध्यक्ष प्रमिला आले, सदस्यहरूमा सुदांशु हमाल ठकुरी, सुरज गौतम, तिलबहादुर श्रेष्ठ, मञ्जुदेवी पोखरेल, सकुन्तला सुनार रहनु भएको छ ।लेखा सुपरिवेक्षण समित सदस्यहरु विष्णु प्रसाद लम्साल, राम प्रसाद ढकाल, सुनिता पोखरेल भट्टराई रहनु भएको छ ।
सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुँदै सहकारीलाई प्रदेश मात्र नभै नेपालमा उत्कृष्ट बनाउन लागि परेको बताउनु भएको छ । सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाह संस्थाको नीति तथा कार्यविधि निर्माणमा मार्गनिर्देशक हुने बताउनु भएको थियो ।
उहाँले एक कार्यकाल सञ्चालक समिति सदस्य, दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षका रूपमा सेवा गर्ने अवसर दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
कार्यक्रम उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो भने सचिव ओम प्रकाश वस्यालले सञ्चालन गर्नु भएको हो।
कार्यक्रममा एकाईगत साधारण सभाबाट छनोट प्रतिनिधि भै आउनु भएका ४५ जना प्रतिनिधि सहित , सञ्चालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, निर्वाचन उपसमिति, पत्रकार र कर्मचारीसहित १०० जना भन्दा बढी सहभागीता रहेको थियो । यश बर्ष सस्थाले ५.५ प्रतिशत शेयर लाभांश बितरण गर्ने निर्णय समेत गरेको छ ।









