चिरायु अस्पताल,स्वास्थ्य सेवा, समाजसेवा र साझेदारीमा अग्रणी

बोली खबर   २०८२-०७-०४

पाल्पा अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक टिम र रोगीमैत्री वातावरणका कारण चिरायु अस्पताल, काठमाडौं अहिले राजधानीकै मात्र होइन, देशकै विश्वसनीय स्वास्थ्य संस्था बनेको छ। गुणस्तरीय उपचार, पारदर्शिता र समाजप्रतिको उत्तरदायित्वका कारण यो अस्पतालले छोटो अवधिमै जनविश्वास हासिल गर्न सफल भएको छ।

बसुन्धारास्थित चिरायु अस्पतालले सामान्य स्वास्थ्य परीक्षणदेखि लिएर जटिल शल्यक्रिया, आइसीयू, एनआईसीयू, कार्डियोलोजी, न्युरोलोजी, अन्कोलोजी, डायलाइसिस, महिला तथा बाल स्वास्थ्य, आकस्मिक सेवा लगायतका सम्पूर्ण स्वास्थ्य सेवा एकै छानामुनि उपलब्ध गराउँदै आएको छ। साथै, २४ घण्टा सञ्चालन हुने आकस्मिक कक्ष, ब्लड बैंक, ल्याब सेवा, फार्मेसी र आधुनिक इमेजिङ्ग प्रविधि (CT Scan, MRI, X-Ray आदि) ले बिरामीलाई सुलभ र गुणस्तरीय उपचार सुनिश्चित गरेको छ।

समाजसेवा र स्थानीय सहकार्य

चिकित्सा सेवासँगै, चिरायु अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशभरका समुदायहरूमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। अस्पतालले विगत केही वर्षयता विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, महिला स्वास्थ्य परीक्षण, दन्त तथा आँखासम्बन्धी सचेतना अभियान, तथा प्राकृतिक विपद्का बेला औषधि वितरण र चिकित्सक टोली पठाउने कार्य गर्दै आएको छ।

त्यस्तै, खेलकुदको क्षेत्रमा पनि अस्पतालले निरन्तर सहयोग गर्दै आएको छ। पाल्पाको रामपुरमा भैरहेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगितामा चिरायु अस्पतालले पार्टनरको रूपमा साथ दिएको छ, साथै विगत तीन वर्षदेखि ज्योतिपुञ्ज युवा क्लबलाई निरन्तर स्पोन्सर गर्दै आएको छ। यसले युवा प्रतिभा र खेलकुदको विकासमा अस्पतालको योगदानलाई उजागर गरेको छ।

रामपुरबासीका लागि विशेष सुविधा

सामाजिक उत्तरदायित्वकै अर्को पहलका रूपमा, चिरायु अस्पताल र पाल्पाको रामपुर नगरपालिका बीच स्वास्थ्य सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार, रामपुरवासीहरूले चिरायु अस्पतालमा उपचार गराउँदा विभिन्न विशेषज्ञ सेवा तथा विभागहरूमा छुट सुविधा पाउनेछन्। यस सम्झौताले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रका नागरिकलाई राजधानीमा गुणस्तरीय उपचार सहज रूपमा प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक हिमाल रानाका अनुसार, “स्वास्थ्य सेवा, समाजसेवा र सहकार्य — यी तीन आधारलाई सँगै अघि बढाउँदै हामी स्वस्थ र समावेशी समाज निर्माणको दिशामा काम गर्दैछौं।”

भविष्यमा चिरायु अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरको मल्टिस्पेसलिटी मेडिकल सेन्टरका रूपमा विकसित हुने लक्ष्य लिएको छ। हाल सय शैयाको बेड बाट देवा दिइरहेको छ ।

अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरूको संयोजन

CNHMI ले उच्च दक्षता प्राप्त नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली र विश्वस्तरिय उपकरण तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय, सुरक्षित र किफायती उपचार सेवा प्रदान गर्दछ।
हाम्रो उद्देश्य प्रत्येक बिरामीलाई वैज्ञानिक, संवेदनशील र पारदर्शी उपचारको अनुभव दिलाउने हो।

चिरायुमा उपलब्ध बहु-विषयगत (Multidisciplinary) सेवा प्रणालीले प्राथमिक स्वास्थ्य सेवा देखि लिएर जटिल विशेषज्ञ उपचारसम्मका सबै खालका चिकित्सा आवश्यकता पूरा गर्दछ।
यस प्रणालीअन्तर्गत विभिन्न विभागबीचको सहकार्य र अन्तर-परामर्श (Cross-Specialty Consultation) ले बिरामीलाई समग्र, प्रभावकारी र दिगो स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउँछ।
हाम्रो प्रतिबद्धता

चिरायु नेशनल हस्पिटलले “गुणस्तरीय स्वास्थ्य, सबैका लागि” भन्ने मूल मन्त्रका साथ देशभित्रकै अत्याधुनिक, पारदर्शी र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तरता दिइरहेको छ।