जिल्लाकै सर्वाधिक धन रासीको तेस्रो ज्योतिपुञ्ज कप आयोजककाे पाेल्टमा

बाेलीखबर   २०८२-०७-०४

पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप”को उपाधी जित्न सफल भएको छ । प्रस्तावित ज्योतिपुञ्ज रंगशाला किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा युनाइटेड युथ क्लब गिरबारीलाई १-०गोलले ज्योतिपुञ्ज कपको उपाधी जित्न सफल भएको हो ।

खेलको ७४ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ५ का सुमित श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको हो । फाइनल खेल शुरुबाटै आक्रामक भएपनि अन्ततः सोही गोल निर्णायक बनेको हो । बिजेता भए संगै आयोजक ज्योतिपुञ्ज युवा क्लबले नगद ३ लाख ५० हजार पुरस्कार सहित ट्रफी प्राप्त गरेको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितामा युनाईटेड युथ क्लव गिरुवारी उपबिजेतामा चित्त बुझाएको छ । उपबिजेता भएसंगै युनाइटेड युथ क्लबले नगद २ लाख पुरस्कार हात पारेको छ । युनाईटेड युथ क्लव गिरुवारी गतबर्षको विजेता टिम हो ।

आयोजक ज्योतिपुञ्ज देवदह ब्वाईज संगै सेमिफाइनलमा भिडेर फाइनलमा प्रबेश गरेको थियो भने युनाइटेड युथ क्लब गिरबारी अभिषेक चर्च रजहर, नवलपुरलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

सोमबार भएको फाइनल खेलको प्लेयर अफ दि फाइनल म्याच खेलको एकमात्र गोलकर्ता सुमित श्रेष्ठले प्राप्त गरे भने जया गुरुङ रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच हुन सफल भए । प्लेयर अफ दि म्याच र रेडबुल इनर्जेटिक प्लेयरलाई पुरस्कार प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले क्लबका अध्यक्ष सुन्दर राना सहितले प्रदान गर्नुभयो ।

सेमिफाइनलमा पुग्न सफल देवदह ब्वाईज र अभिषेक चर्च रजहरले नगद २५/२५ हजार प्राप्त गरेका छन् ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए ।

ज्योतिपुञ्ज युवा क्लवले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन गरेको हो । तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो।