होम राई मगर
पाल्पा / ११ कार्तिक । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,नारीभङ्ज्याङ्गमा सन्चालित प्रथम लेकाली कपको उपाधि गेझा बर्दलेले हात पारेको छ ।
कार्तिक ८ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गेझा बर्दलेले चापाकोट स्याङ्जा माथि २-१ को अन्तरमा जीत निकालेको हो । बिजेता टीमले नगद ५० हजार र उपबिजेताले नगद ३५ हजार र ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी तेस्रो स्थानका लागि प्रतिस्पर्धा खेलमा स्याङ्जा वालिङ्गले आयोजकलाई २-० को सोझो सेटमा जीत आफ्नो पक्षमा पारेको थियो । तृतीय हुने वालिङ्ले नगद २० हजार र सान्त्वना हुने पाल्पाले नगद १० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । जस अन्तर्गत गेझा बर्दलेका सोनम सिंजाली उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत तर्फ बेस्ट स्पाइकर वालिङ्गका नवीन गुरुङ्ग, बेस्ट सेटर चापाकोटका माधब न्यौपाने,डिफेन्डर चापाकोटकै बिजय भण्डारी भएका छन् भने बेस्ट ब्लकरमा गेझाका वीर बहादुर रास्कोटी र कोचमा गेझाकै श्री थापा पुरस्कृत भएका थिए । बिजयी टीम तथा कार्यक्रम सन्चालनमा आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा जनप्रिय बाल क्लब अर्चले र डाँफे बाल क्लबको विभिन्न संगीतिक प्रस्तुति रहेको थियो । लेकाली क्लबक अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब अनिल रानाले गर्नुभएको हो ।


