रामपुरका नयाँ प्रहरी प्रमुख सुनारको प्रतिबद्धता — “शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन”

बोली खबर   २०८२-०७-१७

पाल्पा, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख बाट सरुवा भएर आउनुभएका  सुनारले कार्यालयमा आइतबार सञ्चाकर्मीहरु संग परिचयात्मक भेटघाट गर्नुहुँदै सबैको साथ र सहयोग लिएर सर्वसाधारण नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुश हुनेगरी काम गर्ने बताउनु भएको हो ।
प्रहरी र नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउँदै प्रहरी सेवालाई प्रभावकारी बनाउने गरी अघि बढ्ने बताउनुभयो । लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध सामग्री तस्करी नियन्त्रण, हिंसा न्यूनिकरण तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । शान्ति सुरक्षा सबैको चासो र संवेदनशील विषय भएकाले सञ्चारकर्मी मार्फत प्रहरी–नागरिक सहकार्यको लागि आग्रह गर्नुभयो ।प्रहरीका लागि सूचना महत्वपूर्ण हुने बताउँदै गैरकानुनी अवाञ्छित गतिविधि भएको थाहा पाएमा खबर गर्न नागरिकलाई उहाँले आग्रह गर्नुभयो । सूचना प्रदान गर्ने स्रोतको संरक्षण गर्नु प्रहरीको दायित्व रहेको बताउँदै उहाँले प्रहरी संगठन बाट गोपनियता भंग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । पछिल्लो समय आत्महत्या, साइवर क्राइमको घटनामा वृद्धि भैरहेको बताउँदै उहाँले भन्नुभयो, “पछिल्लो तथ्याङ्क अनुसार रामपुर क्षेत्रमा पनि आत्महत्याको घटना बढ््‌दो क्रममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । न्यूनिकरणका लागि सरोकारवालाहरु संग सहकार्य गर्दै सचेतनाका कार्यक्रम सञ्चालन गर्नेछु ।”,उहाँले सवारी सुरक्षा, साइवर क्राइम, बालविवाह, लैङ्गिक हिंसा, लागुऔषध नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरी संग संयुक्त रुपमा चेकिङ्गलाई बढाउने, नगरमा स्थापना भएका प्रहरी पोष्टमा प्रहरीलाई ड्युटीमा खटाउने बताउनुभयो । प्रहरी निरीक्षक सुनारले स्थानीयको गुनासो आए संगै मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटर साईकल सञ्चालनमा रोक लगाउने अभियान थालिएको बताउनुभयो ।

यसै बिचमा उहाँले आफू आइसके पछि समातियका सात वटा मोटरसाइकल यातायात व्यबस्था ऎन अनुसार कानुनी कारवाइ गरीने र अन्य समाजमा रहेका यस्ता मोटरसाइकल समाउने समेत जानकारी गराउनु भएको छ ।

रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरुले चार जिल्लाको संगम रामपुरमा बस्ती बढ्दो क्रममा रहेकाले शान्ति सुरक्षाका लागि गस्ती बढाउनु पर्ने, करिडोर भएर हुन सक्ने गैरकानुनी गतिविधि न्यूनिकरणका लागि निगरानी बढाउनु पर्ने, लागुपदार्थ दुर्व्यशन न्युनिकरणमा ध्यान दिनुपर्ने, घरेलु हिंसा अन्त्य गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजार क्षेत्रमा सवारी पार्किङ्ग व्यवस्थापन, मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटर साईकल सञ्चालनमा रोक लगाउन र सवारी चेकिङ्गलाई बढाउन सुझाव दिएका थिएक छन ।