रामपुर, पाल्पा —
गत करिव २ वर्ष अघि असोज महिनामा आएको हावा–पानीले क्षति पुर्यारएको भनिएको बेझाड बजार नजिकैको शिव मन्दिरलाई कृष्ण मन्दिरको आडमा पुनःनिर्माण गर्ने निर्णय भएको छ । पछिल्लो समय रामपुरको जनचासोको विषय वनेको नगरपालिका प्राङ्गगणमा रहेको शिवालय मन्दिर निर्माण र वेझाड वजार बाटोको विषयमा भएको छलफल भएको थियो ।
स्थानीय तह, समुदायका अग्रज, व्यापारी र जनप्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले मन्दिर पुनर्निर्माणसँगै बजार क्षेत्रमा सडक भत्काइए पछि सडकको अवस्था, पानी छेप्ने व्यवस्था लगायतका विषयमा स्थानियका आवाज उठेको थियो ।
छलफलमा प्रमुख अतिथिः प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले हाम्रो सास्कृतिक सम्पदा हाम्रो पहिचान हो मन्दिर पुन निर्माण मात्र होईन यो आस्था र एकताको प्रतिक भएको बताउनु भएको छ । उहाँ मन्दिर र बाटो आफ्नो पनि चासोको विषय भएको भन्दै उहाँले रामपुरलाई विस्तृत विकासका गरिएका ईतिहास वताउदै उचित ठाउँमा वनाउनु पर्ने बताउनु भएको छ । वाटोको विषयलाई लिएर असारमा सक्नु पर्ने बाटो ठेकेदारको लापरवाहिका कारण समयमा सकिएन भन्दै पुन म्याद थप भएको जुन चैत सम्म सकिने बताउनु भएको छ ।
बैठकमा रामपुर नगरपालिकाका प्रमुख रमण वहादुर थापाले सरोकारवालाहरुले छलफलमा उठेका विषयमा आफ्ना भनाई राख्दै मन्दिर स्थानिय र सरोकारवालाहरुले भनेकै ठाउँमा हुने बताउनु भएको छ । उहाँ रामपुरको मुख्य वजार बेझाडमा भएको अस्तव्यस्त र धुलोका विषयमा बोल्दै बाटो छिटै वन्ने बताउनु भएको छ । उहाँले काम गर्ने क्रममा केहि ढिला हुन सक्छ ,काम गर्ने कहिले काहिँ सोचे अनुसार काम गर्न नसकेकीने बताउदै यस्ता छलफलबाट टुंगाउन सकिने बताउनु भएको छ ।
“हामीले यो मन्दिर मात्र होइन, यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई नयाँ युगमा लैजाने जिम्मेवारी बोकेका छौं। गत असोजको प्राकृतिक विपत्तिले संरचना भत्कायो तर हाम्रो विश्वास र आस्था कमजोर भएन। नगरपालिकाले स्थानीय समुदायसँग सहकार्य गरेर शिवशक्ति मन्दिरलाई यथास्थानमै सुन्दर, सुरक्षित र उपयोगी प्रतिरूपमा पुनःनिर्माण गर्नेछ। सबै पक्षको सहभागिता र उत्तरदायित्व आवश्यक छ।”
यसैगरी वडा अध्यक्षहरु वडा न ३ का दामोदर पाठक , वडा न ५ का दुर्गा पोखरेल र वडा न ७का वडा अध्यक्ष दोवराज तिवारीले स्थानियले सहमति गरेको ठाउँमा मन्दिर निर्माण गर्न आफुहरुले सक्दो सहयोग गर्ने वताउनु भएको छ ।
छलफलमा र्पुव वडाअध्यक्ष हुमनाथ न्यौपानेले मन्दिरको मौलिक स्वरूप र धार्मिक पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो । समाजिक व्याक्तित्व फण्ोश्वर गौतमले मन्दिरको ईतिहास वताउदै अव निर्र्माण र्गदा कंक्ीट नभएर पुरानो पार्टि सैलिमा वनाउनु पर्ने वताउनु भएको छ ।
सूर्य नारायण श्रेष्ठले गाउँ पञ्चायतको समयमा निर्माण भएको उक्त मन्दिर क्षेत्रका लागि ऐतिहासिक महत्व बोकेको हुँदा पुनःनिर्माणले स्थानीय आस्था र पर्यटक आकर्षण दुवैलाई टेवा पुर्यातउने बताउनुभयो। बैठकमा होटर व्यावसायि महेन्द्र श्रष्ठ,स्थानीय व्यवसायीहरु दयाराम गैरे, पुन नारायण श्रेष्ठ, भेषराज पाठक र राजेन्द्र ढकाल सुर्र्य श्रेष्ठ , प्रेम श्रेष्ठ , शिव वाग्ले , अमृृत काफ्ले, कमल सेन , प्रेम श्रेष्ठ , छमबहादुर दरै लगाएतले हालको टट्कारो समस्या बेझाड बजारको सडक, धुलाम्मे अवस्थाबाट व्यवसायीहरुले ठुलो समस्या भोगिरहेको र पानी छेप्ने उचित व्यवस्था नभएको तथ्य प्रस्तुत गर्नु भएको थियो ।
नगर प्रमुख थापाले छलफलमा उठेका विषका बारेमा प्रष्ट पार्दै “बेझाड बजार हाम्रो नगरको आर्थिक मुटु हो – सडक, ढल, पानी छेप्ने व्यवस्था तथा बजार–सौन्दर्यकरण कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं। चैत महिनाभित्र सडक निर्माण तथा पूर्वाधार सुधारको काम पूरा हुने गरी नगरपालिकाले प्रयास जारी राख्नेछ।”भन्नु भएको छ ।
छलफल नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा र संचालन योजना शाखा प्रमुख बिक्रम बस्नेतले गर्र्नु भएको हो ।






