रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

बोली खबर   २०८२-०७-२१

पाल्पा ।
आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि विहिवार रामपुर नगरपालिकाको कार्यकक्षमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विवाह पञ्चमीलाई रामपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका दिनु भएको छ ।

भगवान राम–सीताको प्रतीकात्मक विवाह प्रदर्शन कार्यक्रम अनुसार, विवाह पञ्चमीका अवसरमा रामपुर–५ रामघाटमा भगवान् श्रीरामलाई बेहुलाको रूपमा जन्तीको यात्रा निकालिने र रामपुर–४ मा अवस्थित पवित्र स्थल सिताकुण्डमा देवी सीतालाई बेहुलीको रूपमा तयार गरी राम–सीताको प्रतीकात्मक वैवाहिक संस्कार सम्पन्न गरिनेछ।

जन्ती यात्रा सुरु हुनु अघि रामपुर–५ बेझाडमा रहेको ऐतिहासिक राम मन्दिरमा जन्तीहरूको विश्राम तथा पूजाआराधना कार्यक्रम हुनेछ। त्यसपछि धार्मिक बाजागाजा, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित जन्ती रामघाटबाट सिताकुण्डतर्फ प्रस्थान गर्नेछन्।

विवाह पञ्चमीका क्रममा रामपुर क्षेत्रका विभिन्न जातजाति, समुदाय र धर्महरूका प्रतिनिधिहरूले आफ्ना परम्परागत भेषभूषा, नृत्य, संगीत र रीति–रिवाज प्रदर्शन गर्ने तयारी गरिएको छ। यसले स्थानीय सांस्कृतिक विविधता र धार्मिक सहअस्तित्वको सुन्दर झल्को प्रस्तुत गर्नेछ।

नगर प्रमुख रमण बहादुर थापाले भन्नुभयो,“रामपुरको सांस्कृतिक पहिचान यस किसिमका धार्मिक र सांस्कृतिक पर्वले झन बलियो बनाउँछ। विवाह पञ्चमी केवल एक धार्मिक पर्व होइन, यो हाम्रो एकता, श्रद्धा र परम्पराको गौरव हो।”

उहाँले विवाह पञ्चमीलाई स्थानीय पर्यटन, आर्थिक गतिविधि र धार्मिक सहिष्णुताको अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै, सबै सरोकारवालाको साझा प्रयासबाट रामपुरलाई सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।

अन्तरक्रियामा सहभागीहरूले सडक, सरसफाइ, प्रकाद व्यवस्था, सुरक्षाको सुनिश्चितता, जन्ती स्वागत लगायतका विषयमा सुझाव दिएका थिएका छन् । सबै पक्षबीचको सहकार्यबाट पहिलो पटक विवाह पञ्चमी मनाउन लागीएको हो जसलाई व्यवस्थित, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाइएको छ ।

विवाह पञ्चमी पर्वलाई राम–सीताको दिव्य प्रेम, सत्य, धर्म र कर्तव्यबोधको प्रतीकका रूपमा मनाइन्छ। मिथिला परम्परामा आधारित यो पर्व अब रामपुरमा पनि संस्कृति, श्रद्धा र सहअस्तित्वको साझा उत्सवका रूपमा रूपान्तरण गर्न खोजीएको छ ।
कार्यक्रममा रामपुर नगर प्रमुख रमण बहादुर थापा, उप–प्रमुख बाल कुमारी थापा, नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण,वडा न ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा न ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, जनप्रतिनिधि, सामाजिक अगुवाहरू र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

अन्तरकृया कार्यक्रममा लक्ष्मी नारायण मन्दिर मन्दिरका अध्यक्ष बुद्धि प्रकास रेग्मी, पुर्व वडा अध्यक्ष हिमाल मल्ल, दरैँ ठाटि माविका प्रअ सुन्दर प्रसाद देवकोटा , ब्रामण समाज रामपुरका अध्यक्ष हरि प्रसाद खनाल , सामाजिक व्याक्तित्वहरु सुरज गौतम, देव बहादुर मश्रांगी , शालिकराम सिक्देल , पावर्ती न्यौपाने लगाएतले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
भगवान रामचन्द्र चौध वर्ष वनबासका वेला पाल्पाको रामपुरमा आउनु भएको र यहाँ विभिन्न गतिवधि गर्ने क्रममा रामघाटमा स्नान गर्नु भएको र माता सिता रजश्वला हुदा भगवान शालिकरामको नजिक बस्न नमिल्ने भएको समुद्रि सतहवाट करिव ११ सय मिटरको उचाइमा रहेको ठाउँमा सितामातालाई स्नान गर्र्नका लागी भगवान रामले वाण हानि पानि निकालि दिएको ठाउँका रुपमा चिनीन्छ । यस ठाउँमा कृष्ण जन्माष्टमी र सतविज छर्दा रामघाटबाट सिताकुण्ड जल लैजाने प्रचलन रहिआएको थियो । यसैलाई आधारमानि विवाह पन्चमीको दिन विधिवत रुपमा मनाइने भएको छ । जसमा आवश्यक पर्ने र ईच्छा भएका वरवधुको विबाह समितिले गरिदिने भएको छ ।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख रमण बहादुर थापाले सबै सरोकारवालालाई धन्यवाद दिँदै, आगामी मंसिर ९ गतेको उत्सवलाई सफल पार्न सहयोग र एकताको भावनाका साथ अगाडि बढ्न सबै पक्षलाई आह्वान गर्नुभयो।