विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू भएकाे छ। माथागढी गाउँपालिकाकाे समन्वय र चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा ज्ञानोदय आविमा शुक्रबारदेखि चार दिने याेग शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे ।
कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले पनि महत्व दिँदै कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । उहाँले दैनिक योग गर्नाले स्वास्थ्यमा सकारात्मक परिवर्तन हुने उल्लेख गर्नुभयाे । कार्यक्रममा ज्ञानाेदय आविका प्रध्यानध्यापक विजयद्वीप पन्थीले कार्यक्रम सफलताको शुभकामना दिनुभयाे ।
कार्यक्रम डा. श्रीधर अधिकारीकाे स्वागत वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीकाे अध्यक्षता र विकास काफ्लेकाे संचालनमा भएकाे हाे ।


