रामतुलसी नमुना माध्यमिक बिद्यालयमा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । शुक्रबारदेखी विद्यालय परिसरमा सुरु भएको २ दिने गोष्ठी विश्वभर एक थोपा रगत जीवनदान भन्ने उद्देश्यले प्राकतिक प्रकोप,आकस्मीक हुन सक्ने दुर्घटनाका विषयमा जानकारीसँगै प्रयोगात्मक अभ्यास प्रर्दशन गरीएको थियो । पाल्पा जिल्लाका ४८ विद्यालय सहभागी रहेको कार्यक्रममा रक्तदान,शैक्षिक प्रर्दशनीसँगै विविध साँस्कृृतिक कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले रेडक्रस सोसाइटीको योगदानको उच्च प्रशंसा गर्दै
“रेडक्रस केवल एक संस्था मात्र होइन, मानवता र करुणाको पहिचान हो।
प्राकृतिक विपत्ति, आकस्मिक दुर्घटना वा कुनै पनि संकटको बेला सबैभन्दा पहिले सम्झिने नाम रेडक्रस नै हो। भन्दै उहाँले
यस्ता संस्थालाई सदरमुकाममा मात्र सीमित राखेर हुँदैन गाउँगाउँ, बस्तीबस्तीमा विस्तार गर्नु आजको आवश्यकता रहेको वताउनु भएको छ ।
उहाँले विद्यार्थीमार्फत रेडक्रस गतिविधि गाउँस्तरमा विस्तार गर्न आवश्यक तालिम, स्रोत साधन तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन सहजिकरणका लागी आफू सदैव प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
कार्यक्रममा नगरप्रमुख रमण बहादुर थापाले समाजमा विभिन्न घटना हुने र्गछ त्यस्तो वेला रेडक्रसको महत्व थाहाहुने वताउदै हामीले नजानेका र आकस्मिक हुने घटनाहरु न्यूनीकरणमा रेडक्रसको महत्व र विद्यार्थीको भूमिका प्रभावकारी रहने उल्लेख गर्नुभयो । उहाँले रामपुर नगरभित्र रेडक्रस र स्काउट नभएका विद्यालयमा गठन गरेर अगाडी बढ्न सुझाव दिदै आवश्यक परेको ठाँउमा नगर सधैँ सहयोगी बन्ने बताउनुभयो ।
अन्तराष्ट्रिय वि.पि चिन्तन प्रतिष्ठान केन्द्रिय अध्यक्ष सन्दीप रानाले पछिल्लो समय आफू केन्द्रित मानसिकता भएका बेला आफूले कसरी अरुलाई सहयोग गर्न सकिन्छ भन्ने सेवाभाव रहेको संस्थाप्रति आभार व्यक्त गर्नुृभयो । यस्ता संस्थाहरु र सरकारी निकायहरु मिलेर नैतिकता,असल आचारण सिकाउदै आफूभन्दा पहिले राष्ट्र सम्झने पुस्ता तयार गर्न यस्ता कार्यक्रमहरु हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा डा.स्मृति गौतमले सहभागीहरुमा पोषणका विषयमा जानकारी गराउनुभएको थियो । विद्यालय का प्रध्यानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रममा विद्यार्थीद्धय सुवेच्छा न्यौपाने र शिवानी पाण्डेले रेडकक्रका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यकारी निर्देशक विनोद भारतीले कार्यक्रमको उद्धेश्य ,भावी योजना सहित २ दिने गोष्ठीको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ मरासीनीले गनुभएको थियो । कार्र्यक्रममै आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गर्नु भएको छ ।













