सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०८-२१

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।
सामुदायिक बन महासंघ पाल्पा उपाध्यक्ष हरी पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश सरकार त अझ प्रदेश नै बनको कर बाट चालाउने दाउ मा रहेको बताउनु भएको छ । उहाँले बन र जिबिकोपार्जनले स्थानीयको जीवन स्तर उकास्न प्रेरीत गरेको बतादै बन सङ्ग सम्बन्धि खेती गर्न प्रेरित गर्नु भएको छ । सरकार करका नाममा सामुदायिक बनलाइ निचिर्न खोजेको भन्दै यस्तो हुन नदिन बन महासंघ सधै आन्दोलन रत रहेको छ उहाँले भन्नू भयो ।


निस्दी गाउँपालीका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सामुदायिक बनका मुद्दा र सवाल धेरै छ्न यस्को समस्या समाधानका लागि स्थानीय सरकार तत्पर रहेको बताउनु भएको छ ।
सामुदायिक बन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले स्थानीय सरकारले बाटो बनाउछ बनलाइ थाहा हुदैन , भवन लगाएत संरचना बताउछ बनलाइ थाहा दिदैन ,डम्पिङ साइड बनाउछ थाहा हुदैन भन्दै बन सानो या ठुलो भन्दा पनि यस्ले पानीका मुल संरक्षण गरेको यहाँका सस्कृती प्रधाहरु पनि संरक्षण गरेको बताउदै स्थानीय सरकार र सामुदायिक बन मिलेर काम गर्न जरुरी रहेको बताउनु भएको छ ।
रामपुर सब डिभिजन बन कार्यालयका प्रमुख मेघनाथ काफ्ले करको दायरामा ल्याइएको सामुदायिक बनलाई नाफा मुखी सस्थाको जस्तो तिराउनु राम्रो नभएको बताउदै कार्ययोजना बनाउन साना बनहरुमा नितिगत समस्या रहेको बताउनु भएको छ ।
वडा न ३ का वडा अध्यक्ष दामोदर पाठक नापी ले साध छुट्ट्याउन नसक्ने अबस्था बताउदै रामपुर नगरपालीकाले बन ऎन जारी गरेको बताउदै मिलेर जानू र उपभोक्ता र सरकार बिच हुने नीति गत स्पष्टतालाई चिर्दै जानू पर्ने बताउनु भएको छ ।
रैनादेबी छहरा बन महासंघका अध्यक्ष कृष्ण आत्रेय कार्ययोजनामा समस्या आएको , स्थानीय सरकाले बन ऎन बनाउनु भाछ तर सामुदायिक बन सङ्ग छलफल नभएकोले नितिगत समस्या भएको बताउनु भएको छ । स्थानीयले संरक्षण गरेको बन बिकासका नाममा बाटो खनिन्छ तर स्थानीय बनलाइ सर सल्लाह गरीदैन त्यसैले अहिले बन किन चाहियो भन्ने भाव बढ्दै गएको र नितिगत समस्याका कारण भन्दै उहाँले हाम्रो झाडिको दाउराले होइन खाडिको दाउराले घर भरीएको बताउनु भएको छ । बन महासंघ पुर्वखोलाका अध्यक्ष सम्झना न्यौपाने लगाएतले आफ्ना भनाइ राख्नु भएको छ ।
छलफलमा विभिन्न सामुदायिक बनका अध्यक्षहरुले कार्ययोजना , नापी नक्सा , आफ्नै बन भए पनि काठ ल्याउन र घर बनाउन समेत नपाएको समस्या , बन थिङ्गिन गने बेलाका समस्य , निजिमा बनेका बन आफ्नो रुख काट्न र अन्त घर बनाउदा लैजान पाउने व्यबस्था कहिले हुन्छ । बन जोगाउने उपभोक्ताले न बाटो बनाउन सक्छ न उपयोग गर्न , लगाएतका बिषयमा प्रश्न उठाउनु भएको थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सन्चालन महासंघ रामपुरको अध्यक्ष बिन्दु श्रेष्ठलेले संचालन गर्नु भएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाका आयोजनामा होटल श्रीनगरमा कार्यक्रम सम्पन्न भएको हो ।