रामपुर सन्चालनमा आयो जेष्ठ नागरिक स्कुल

बोली खबर   २०८२-०८-२५

पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।
स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख अतिथि नगरप्रमुख थापाले बोल्दै जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाह संगै संस्कार र संस्कृतिको संरक्षण, उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ जेष्ठ नागरिक स्कुल सञ्चालन गर्न लागेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । जेष्ठ नागरिहरुलाई आफ्‌ना दौतरी संग दिन विताउने वातावरण निर्माण, संस्कार र संस्कृति संगै परम्परागत सिप नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि जेष्ठ नागरिक स्कुल सञ्चालन गर्न लागिएको बताउनुभयो ।साथै उहाँले जेष्ठ नागरिकहरुलाई आफूले जानेको र सक्ने सिप र कलाको सदुपयोगका लागि आवश्यक वातावरण निर्माण गरी बजारीकरणको जिम्मा नगरपालिकाले लिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेष्ठ नागरिकहरुलाई आचार्य गुरुहरु मार्फत धार्मिक प्रवचन संगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगाएतका वातावरण सृजना गरिने छ । उहाँहरुले तयार गर्नु भएको सामग्रीको उपप्रमुख कोसेली घर मार्फत बजारीकरणको प्रवन्ध समेत मिलाईएको छ ।
कार्यक्रममा आकर्षकका केन्द्र योगी डा. बिकासानन्दले जिवनका केही अर्थहरुका बिषयमा प्रवचन गर्नु भएको थियो उहाँले “सकारात्मक सोच भनेको परिस्थिति बदलिनु भन्दा पहिले आफू बदलिनु हो।””मन जित्न सकेपछि संसार जित्न सजिलो हुन्छ।””शान्ति बाहिर होइन, आफ्नो भित्री चेतनामा खोज।””ध्यान भनेको मनलाई भाग्न होइन, बस्न सिकाउने कला हो।”जस्ता बिषयलाइ जिवन्न रुपमा बुझाउनु भएको थियो । कार्यक्रममा शुभकामना दिने हरुमा बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले थापाले जेष्ठ नागरिकहरु बाट परम्परागत सिप र संस्कारको विषयमा नयाँ पुस्तालाई जानकारी दिन विद्यार्थीहरुलाई पनि जेष्ठ नागरिक सङ्ग घुलमिल गराउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष दुर्गा पोखरेल , नगर सल्लाहकार बिष्णु माया ढकाल , जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देबराज ढकाल , जेष्ठ नागरिक मञ्च रामपुरका अध्यक्ष कृष्ण अर्याल , नेपाली काङ्ग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई , नेकपा एमाले नगर कमिटी सचिब लोकनाथ भट्टराई , नेपाल कम्युनिस्ट पार्टीका कमल सेन , राष्ट्रिय जनमोर्चाका रामप्रसाद गैरे लगाएतले शुभकामना दिनु भएको थियो ।
नगर उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन कर्मचारी बिक्रम बस्नेतले गर्नु भएको हो ।
रामघाटमा झण्डै एक करोडको लागतमा जेष्ठ नागरिक स्कुलको भवन संगै अचार्य निवास, जेष्ठ नागरिक केन्द्र लगाएतका संरचना निर्माण भएको रामपुर जेष्ठ नागरिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । स्कुल सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरु बाट पनि आवश्यक सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

साथै जेष्ठ नागरिकहरुलाई आवास संगै दिवा खाजाका लागि चमेनागृह र स्वस्थ्य जाँचको लागि स्वस्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजन कृतन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, सन्ध्या आरतीको व्यवस्था गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।
स्कुल शुभारम्भको अवसरमा बिहीबार नगर भित्रका विभिन्न स्थान बाट जेष्ठ नागरिहरलाई आउन र जानका लागि निःशुल्क बस सेवाको समेत व्यवस्था गरीएको थियो । जेष्ठ नागरिक स्कुल भित्र परम्परागत ढिँकी जाँतो समेत निर्माण गरिएको छ । कार्यक्रममा भजन कृतन तथा विद्यार्थीहरुको साङ्गीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।