पूर्वमन्त्री रानाले लिए राजनीतिबाट बिदा

बाेलीखबर   २०८२-०८-२८

पाल्पा ।  नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे।

वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे।

‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले भोली २०८२साल मंसिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश ,जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु,’ वहाले सामाजिक संजाल माफर्त जनाउनु भएकाे हाे ।

राना २०३५र२०३६ सालदेखि कम्युनिस्ट पार्टीको शुभचिन्तक तत्कालीन नेकपा मालेको सम्पर्कमा आएका थिए। त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थालेका हुन्।

राजनीतिको सुरूआती चरणमा पेशागत संगठनमा आबद्ध थिए। उनी पारामेडिकल एसोसियसन (स्वास्थ्य कर्मी संघ) पाल्पाको जिल्ला नेतृत्व बनेका थिए।

रानाले जातीय सामुदायिक संगठन तत्कालिन लांघाली परिवार (नेपाल मगर संघ) को पाल्पा जिल्ला सचिवको भएका थिए। भूमिगत कालमा दुई वर्ष गुल्मी जिल्ला कमिटी प्रमुख, दुई पटक पाल्पा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका थिए।

एमालेको आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह–इन्चार्ज र नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य भएका थिए।

पार्टीको भूमि व्यबस्था विभाग इञ्चार्जको पनि भएका थिए। त्यसो त उनी २०४९ सालमा वडा अध्यक्षबाटै जनप्रतिनिधि भएर काम गरेका थिए। दुईपटक प्रतिनिधि सभा ९२०५१ र २०७४० सदस्य र एकपटक संविधान सभा ९२०७०० सदस्य गरी तीनै पटक उनी पाल्पाबाट सांसद निर्वाचित भएका थिए। पछिल्लो पटक भने उनी सांसद थिएनन्।

छोटो अवधिका लागि उनी २०७० सालमा भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।