रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान

बोली खबर   २०८२-०९-०३

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान गरेको छ । वडा भित्र रहेका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउन वडा कार्यालयले तालिम प्रदान गरेको हो ।

रामपुर–४, का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्‌लेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी काफ्‌लेले विद्यार्थीहरुको सिकाईमा अक्षरको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

वडाले शिक्षा क्षेत्रको उत्थानका लागि चालेको कदमको प्रशंसा गर्नुहुँदै तालिम प्रतियोगिताहरुका लागि मात्र नभै व्यवहारिक रुपमा प्रयोग गर्न सकियो भने महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो वडा अध्यक्ष राम बहादुर रानाले वडा भित्र सञ्चालनमा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थीको हस्तलेखन सिपको विकासका लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षण सिकाईमा लेखन सिपको महत्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा कालिका माविमा शिक्षक अभिभावक संघ अध्यक्ष टेक बहादुर क्षेत्रीले सिकेका सीप व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थकता प्राप्त गर्ने बताउनुभयो । मदरसा नुरुलहुदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष साहदत हुसेन शेखले शैक्षिकसुधारका लागि ल्याईएको कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

सीताराम माविका प्रधानाध्यापक हरि प्रसाद अधिकारीले तालिमले विद्यार्थीको हस्तलेखन सिप विकास संगै शिक्षण सिकाईमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो मदरसा नुरुलहुदा माविका प्रधानाध्यापक अबुल कलाम मियाले कलमको महत्वको बारेमा चर्चा गर्दै विद्यार्थीहरुको लेखन सिपमा विकासमा महत्वपूर्ण टेवा दिएको बताउँदै तालिममा सिकेका सिपको निरन्तरताले थप सफलता प्राप्त गर्ने बताउनुभयो ।

मदरसा नुरुलहुदा माविका विद्यार्थी शेख फैसल र सीताराम माविका विद्यार्थी प्रशंसा वाग्लेले तालिमका लागि वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा कार्यालयले सीताराम माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, मदरसा नुरुलहुदा माध्यमिक विद्यालय र मदरसा नुरुलहुदा अहले सुन्नत प्राविमा अध्ययनरत कक्षा चार देखि नौ सम्मका विद्यार्थी र कार्यरत शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो ।

वडा सचिव मोहम्मद युनुस खानको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य मोहम्मद अजिम शेखले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको हो ।

साथै तालिम समापनको अवसरमा सहभागि विद्यालयका विद्यार्थीहरु विच हस्तलेखन प्रतियोगिता समेत भएको थियो । कक्षा ८ र ९ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका आयात मन्सुर प्रथम, सीताराम माविका प्रशंसा वाग्ले द्वितीय र मदरसा नुरुलहुदा माविका अमिर मिया तृतीय, कक्षा ६ र ७ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका इश्राद जुहा प्रथम, नुरुलहुदा माविका नजुदा खातुन द्वितीय र मदरसा नुरुलहुदा माविका सजुदा अलि तृतीय र कक्षा ४ र ५ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका महेसवा खातुन प्रथम, मदरसा नुरुलहुदा माविका सदिया सदाफ द्वितीय र कालिका माविका गायत्री आले तृतीय हुनु भएको छ ।
विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै शिक्षकहरु मध्येमा सीताराम माविका अजय अधिकारी, कालिका माविका बेनीसरा गाहा, मदरसा नुरलहुदा अहलेसुन्नत प्राविका ज्ञानुमाया सोमै, मदरसा नुरलहुदा माविका नज्मुन निशा र मोहम्मद अलिलाई पुरस्कृत गरिएको थियो ।

राईजिङ्ग दिप एजुकेशन हव तिलोत्तमा–१, रुपन्देहीको सहजिकरणमा गत मंसिर २४ देखि सुर भएको तालिमको बुधबार एक कार्यक्रम गरी समापन गरिएको हो ।