होम राई मगर
पाल्पा / १० पौष । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरि त्यसको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको छ । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
निस्दी-६,अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार बोल्दै उक्त कुरा बताउनु भएको हो । मन्त्री सारुले ग्रामीण स्तरमा उत्पादन भएका सामाग्रीहरु घट्दै गएकोले अब त्यसको वृद्धि गरि आयात भन्दा निर्यातमा ध्यान दिएमा आर्थिक आयमा पनि वृद्धि हुने बताउनुभयो । अर्को एक प्रसंगमा मन्त्री सारुले स्वास्थ्य मानिसको लागि महत्त्वपूर्ण रहेको बताउनु हुँदै खानपिनमा ध्यान दिन सुझाव दिनुभयो । साथै आफू स्वास्थ्य मन्त्री भए पश्चात् स्वास्थ्य बीमा लगायत दीर्घ रोगीहरुका लागि सहज वातावरणमा उपचार सेवा प्रदान गर्न लागि परेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा बालबिबाह गर्ने दर उच्च रहेको बताउनु हुँदै निस्दी गाउँपालिकाले गरेको बालबिबाह अन्त गर्ने अभियानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जमिन बाझो राख्न नहुने र कृषिमा लगानी गर्न सुझाव दिनुभयो । उहाँले निस्दीले सबै वडाहरुलाई कृषि क्षेत्रको पकेट क्षेत्र घोषणा गरेको बताउनु हुँदै आफ्नो कार्यकाल सकिए पश्चात् कफी खेतीलाई विस्तार गर्ने योजना रहेको बताउनुभयो । त्यसैगरी जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेयले उद्देश्य अनुसार कर्जा सन्चालन गर्न सुझाव दिनुभयो । वडा अध्यक्ष मेख बहादुर सुनारीले सहकारीले सहकार्य गर्न सिकाएको बताउनु हुँदै स्थानीय जनताले बचत गरेको रकमलाई सदुपयोग गर्न जोड दिनुभएको थियो ।
उहाँले स्थानीय जनताले उत्पादन गरेका कृषि सामाग्रीहरुको बिक्रि बितरणमा सहजीकरण गर्न सहकारी लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर सोमैले आर्थिक तथा प्रगति प्रतिवेदनका साथै आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्य ६८४ जना र बचतकर्ता २५३ जना रहेको उक्त संस्थाका व्यवस्थापक अर्जुन बयम्बुले ४ करोड १५ लाख ९४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । बयम्बुले आगामी वर्षका लागि प्रस्तावित योजना राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा गोरखनाथ माध्यमिक विद्यालयका शिक्षिक नेत्र फाल र सिन्दुर आधारभूत विद्यालयकी अनुपा राईलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता,उत्कृष्ट उद्देमी,असल ॠणी, १२ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै अध्ययनरत १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी,कलम र झोला प्रदान गरिएको थियो । त्यसैगरी दीर्घ रोगी
संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले गर्नुभएको हो ।


