पाल्पा, रामपुर । रामपुर यातायात प्रालीद्वारा सञ्चालित वातावरणमैत्री EV हाइस सेवाको काठमाडौँमा काउन्टर सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । यात्रुहरूको बढ्दो माग, सहज सेवा प्रवाह तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै काठमाडौँको लोत्से मलमा काउन्टर नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ–रामपुर तथा रामपुर–काठमाडौँ बीच नियमित रूपमा EV हाइस सेवा सञ्चालन गर्न काउन्टर स्थापना गरिएको व्यवस्थापक भेषराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय प्रविधिमा आधारित हाइस सेवा सञ्चालनसँगै यात्रुहरूले सुरक्षित, आरामदायी र वातावरणमैत्री यात्रा अनुभव गर्न सक्नेछन् ।
सेवाको समयतालिका अनुसार रामपुरबाट बिहान ५:३० बजे EV हाइस प्रस्थान गर्नेछ भने काठमाडौँबाट पनि बिहान ५:३० बजे नै रामपुरतर्फ छुट्ने व्यवस्था मिलाइएको छ । यसले बिहानै यात्रा गर्न चाहने यात्रुहरूका लागि ठूलो सहजता मिल्ने विश्वास गरिएको छ ।
यात्रुहरूको जानकारी तथा टिकट व्यवस्थापनका लागि काठमाडौँतर्फ मोहनलाल कुवर (९८५११९४३३६) लाई सम्पर्क गर्न सकिनेछ भने रामपुरतर्फ ९८५७०६०५२६ र ९८५८०८८५६३ नम्बरमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
रामपुर यातायात प्रालीले समयानुकूल प्रविधि अपनाउँदै सेवाको गुणस्तर सुधारमा निरन्तर ध्यान दिँदै आएको जनाएको छ । EV हाइस सेवा सञ्चालनसँगै इन्धन खर्च घट्ने, प्रदूषण कम हुने र यात्रुहरूको यात्रा अझ सुरक्षित र सहज बन्ने अपेक्षा गरिएको छ ।
यस सेवाबाट पाल्पा, रामपुर तथा आसपासका क्षेत्रका यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।


