बादुर रिभर अफ लाइफ चर्चद्वारा ख्रिष्टमस कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०९-१०

पाल्पा, पुस १० पिर्थ थापा मगर
पाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबसस्थित बादुर रिभर अफ लाइफ चर्चले ख्रिष्टमस कार्यक्रम मनाएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा बिहीबार (डिसेम्बर २५) ख्रिष्टमस कार्यक्रम सम्पन्न भएको हो।

इसाई धर्मावलम्बीहरूले विश्वभर प्रभु येशु ख्रिष्टले मानव जातिको पाप क्षमा गरी परमेश्वरसँगको सम्बन्ध पुनः जोडिदिनुभएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी ख्रिष्टमस मनाउने गर्दछन्। सोही अवसरमा बादुर रिभर अफ लाइफ चर्चले आपसी शुभकामना आदान–प्रदान, विभिन्न खेलकुद तथा ख्रिष्टियन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि तुला बराल रहनु भएको थियो भने अतिथिहरूमा माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य भीमकुमारी परियार, वडा सदस्य हुमकुमारी परियार, सिद्धार्थ माध्यमिक विद्यालयका लेखापाल कृष्ण आले मगर, महेन्द्र नरेश प्राथमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण उचै, शिक्षक मनोज सुनारी, शिक्षक केसव बारघरे, रिबाइबल चर्चका धर्मगुरु पूर्णबहादुर परियार, नेकपा एमाले वडा कमिटी रहबसका अध्यक्ष घनबहादुर घर्ती, बादुर समाज सुधार समूहका अध्यक्ष चिन्त थापा मगर तथा बादुर आमा समूहकी अध्यक्ष दुनिसरा थापा सहभागी रहनु भएको थियो।

ख्रिष्टमस कार्यक्रममा प्रभु येशु ख्रिष्टको जन्मको उद्देश्य, उहाँले संसारमा रहँदा गर्नु भएको बलिदान तथा येशु प्रभु र मानवबीचको सम्बन्धबारे पवित्र धर्मग्रन्थ बाइबलबाट बादुर रिभर अफ लाइफ चर्चका धर्मगुरु केशबहादुर थापा मगरले वचन दिनु भएको थियो। कार्यक्रमको सञ्चालन चन्द्रवीर सारु मगरले गर्नु भएको थियो।