उज्यालाे साकाेसकाे बार्षिक साधारणसभा सम्पन्न

बोली खबर   २०८२-०९-१०


पाैष १०
उज्यालो बचत तथा ऋण सहकारी सस्था लि रामपुर पाल्पाको १२ आै बार्षक साधारण सभा आज दरैठाटी मावि सभा हलमा भएकाेछ। सस्थाका अध्यक्ष बालकृष्ण लम्सालले ५ कराेड ६६ लाख ३४ हजार १सय दुई रूपैया बराबरकाे बार्षिक कुल बचत काराेवार भएकाे प्रगति प्रतिवेदन सुनाउनु भएकाे थियाे ।
साधारण सभामा प्रमुख अतिथि जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकालले सहकारीले शेयर सदस्यकाे जीवन स्तरमा सुधार ल्याउनु पर्नेमा जाेड दिनुभयाे।


कार्यक्रममा ऋण उपसमिति संयाेजक कृष्ण प्रसाद अर्याल,लेखा समिति संयाेजक पुरूषाेतम ढकालले ऋण असुलीमा जाेड दिनु पर्ने र बैकमा जम्मा भएकाे बचत शेयर सदस्यमा लगानी गर्नु पर्ने सुझाव दिनु भएकाे कार्यक्रममा सस्थाका सल्लाहकार एवं दरैठाँटी मावि प्रअ सुन्दर प्रसाद देवकोटा विष्णु रेग्मी,पूर्व वडाध्यक्ष हुमनाथ न्याैपाने, शेयर सदस्य हरि प्रसाद गैरे कम संचालन ,सुकमाया परियार शुभकामना दिनु भएकाे थियाे। सहकारी सस्था उपाध्यक्ष विष्णु माया ढकाल , संचालन सचिव इश्वर अधिकारीले गर्नु भएकाे थियाे। साधारणसभामा


जेष्ठ शेयर सदस्य थीरलाल ढकाल असल ऋणी अन्जु ढकाल भण्डारी ,नियमित बचत डुकुलराज घिमिरे र शेयर सदस्य परिवार एस ई ई सर्वाेकष्ठ सथानमा उतिर्ण छात्रा सपिक मल्ल र छात्र विपिन भट्टराईलाई सम्मान गरिएकाे थियाे ।२०७२सालमा स्थापना भएकाे सहकारीमा ४ सय १७ जना शेयर सदस्य रहेकाछन।