सन्जु परीयार
रामपुर–४ पाल्पाको ३५ औं हिउँदे भेला सम्पन्न भएको छ । रामपुर नगरपालिका–४ देविस्थानमा शनिबार उपभोक्ता भेला गरेको हो । रानीवन तथा वडभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता प्रधानाको अध्यक्षता र रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रानाले वन संगै पर्यवरण जोगाउन तथा सामाजिक कार्यमा सामुदायिक वनले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । वन संगको समन्वयमा वडाले पनि कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर सवडिभिजन वन कार्यालयका प्रमुख मेघनाथ काफ्ले , सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर महासंघका अध्यक्ष विन्दु श्रेष्ठ, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनार, समूहका पूर्व अध्यक्ष थर्क बहादुर राना, दिल बहादुर कौसी, मकबुल मियाँ, क्याप्टेन धन बहादुर श्रेष्ठ, क्याप्टेन ओम नारायण श्रेष्ठ, उपभोक्ताको तर्फ बाट मनीराज अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अवसरमा वन समूहले प्रमुख अतिथी राना संगै रामपुर सवडिभिजन वन कार्यालयका प्रमुख मेघनाथ काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर महासंघका अध्यक्ष विन्दु श्रेष्ठ र इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारलाई सम्मान समेत गरेको थियो । भेलामा समूहका अध्यक्ष सीता प्रधानले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनिता रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष र कोषध्यक्षको प्रतिवेदन छलफल पश्चात संशोधन सहित पारित गरेको छ ।
भेलाले सदस्यता नविकरण, सदस्य थप, झाडी सफाई लगाएतका विषयमा विभिन्न निर्णय गरेको छ । समूहका वरिष्ठ उपाध्यक्ष दुर्गा देवि रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सञ्जुदेवी परियारले गर्नु भएको हो ।




