रामपुर अङ्ग्रेजी आवाशिय मा वि रामपुर (आईएसओ) लोगो प्राप्त गर्ने सस्थागत तर्फ पहिलो

बोली खबर   २०८२-०९-२९

पाल्पा, रामपुर अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नु सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । पाल्पा जिल्लामा सस्थागत विद्यालय अन्तर्गत पहिलो विद्यालय बन्न सफल भएको छ ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्योग पर्यटन बिकास समिती सभापति राजु प्रसाद श्रेष्ठको उपस्थितिमा आईएसओ सर्टिफाइड लोगो प्रदान गर्नु भएको हो ।


लोगो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य श्रेष्ठले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको लोगो प्राप्त गर्नु नगरपालिकाको गौरवको विषय भएको बताउनुभयो । सस्थागत विद्यालय जसले हावापानी, घाम सङै जनयुद्धको मारबाट पुरानो झाज हानेको भवन बाट यहाँ सम्म आइपुग्दा गरिएको संघर्ष र उपलब्धिका बिसयमा बोल्नु भएको थियो ।
उहाँले पुराना दिन स्मरण गर्दै विद्यालयको प्रगति प्रती गर्ब महसुस गर्नु भएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड प्रमाणित कार्यक्रमले हरेक क्षेत्रलाई नियममा बाँध्नका लागि भूमिका खेल्ने बताउनुभयो । विद्यालयले लोगो प्राप्त गर्नका लागि शिक्षक , विद्यार्थी र अभिभावकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसको निरन्तरता र आईएसओ प्रमाणितका लागि सबैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निभाउन आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल विद्यालयको शैक्षिक गुणस्तर र वातावरण सुधारका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले यो कार्यक्रमले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनुभयो।

कार्यक्रममा रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख बिकल काफ्ले , रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , दरै ठाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा ,आनन्द निकेतन विद्याश्रमका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल , नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेल ,रामपुर नगरपालिका रामपुर बाल संजालका अध्यक्ष शारदा प्रसाद श्रेष्ठ ,विद्यार्थी रीदम भण्डारी र सृष्टि सुनार लोगो प्राप्त गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिंदै यसको निरन्तरताका लागि सबैले ध्यान दिनु पर्ने आवश्यकता औँल्याउनुभयो ।


कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मि र विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद घिमिरेलाइ औपचारिक रूपमा आईएसओको लोगो प्रदान गर्नु भएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद घिमिरेल्र लोगो प्राप्त गरीसकेपछी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पनि छिटै लीने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद रेग्मि विद्यालयले गरेका गतिविधिका बिषयमा जानकारी गराउनु भएको छ ।
विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद घिमिरे को स्वागतबाट सुरु भएको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक खुम बहादुर सारुले गर्नु भएको हो । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्म करीब १२ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।