निस्दीको अर्चलेमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

बोली खबर   २०८२-१०-०५

होम राई मगर
पाल्पा, ४ माघ

निस्दी गाउँपालिका–६, अर्चले, पाल्पामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

वडा नम्बर–६ अर्चले वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा रन्गुवा टोल प्रथम, अधमारा टोल दोस्रो र सिमलडाँडा टोल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीमा रन्गुवाका विशाल राई, उत्कृष्ट सेटरमा रन्गुवाकै मुस्कान राई छनोट भए। त्यसैगरी उत्कृष्ट सर्भरमा सिमलडाँडाका विशाल सोमै र उत्कृष्ट स्पाइकरमा अधमाराका रोशन खाम्चा पुरस्कृत भएका छन्।

विजयी समूह तथा उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमका बीच नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो। माघ २ गतेदेखि सञ्चालन भएको प्रतियोगिता नौलो बिहानी खेलमैदानमा आयोजना गरिएको हो।

वडा अध्यक्ष मेखबहादुर सुनारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।