पाल्पा–२ : फेरि ठाकुर गैरे नै एमाले उम्मेदवार, रामबहादुर राउतको टिकट खोसियो

बाेलीखबर   २०८२-१०-०७

पाल्पा । नेकपा (एमाले) ले पाल्पा–२ मा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको हो ।

गैरे यसअघि निर्वाचित सांसद हुन् । गैरेलाई टिकट नदिएपछि पार्टीभित्र चर्को आलोचना भएको थियो ।

शुरूमा यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल, फेरि राउत र अहिले गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले पार्टीले उम्मेदवार परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई अघि सार्ने निर्णय पठाएको बाेलीखबर लाई जानकारी दिनुभयाे।

पाल्पा १ मा नारायण आचार्य उम्मेदवार छन् ।

गैरेले अघिल्लो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेलाई पराजित गर्नुभएकाे थियाे । पाण्डे अहिले पनि उम्मेदवार हुनुहुन्छ ।