माघ ६ गते
रामपुर (पाल्पा)
स्मल किड्स मण्टेश्वरी पाल्पाका सञ्चालक मनबहादुर नेपाली अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ बाट सम्मानित भएको छ। एशोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपालले उहाँलाई सो अवार्ड प्रदान गरेको हो ।
प्रभावकारी शिक्षा र बालबालिकाको क्षेत्रमा उर्वर शक्ति सृजना गर्दै समग्र बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि महत्वपूर्ण योगदान पुर्याउँदै शैक्षिक संस्था सञ्चालनमा ल्याई रोजगारी सिर्जना गरी महिला उद्यमशीलता र सशक्तिकरणमा अनुकरणीय योगदान तथा मेहनतको कदर गर्दै सञ्चालक नेपालीलाई अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्डले सम्मान गरिएको आयोजकले जनाएको छ ।
सो अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालय कपिलवस्तुका उपकुलपति डा. सुवर्णलाल बज्राचार्य, अपेन लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष सरस्वति ढुंगाना र अपेन केन्द्रिय कार्यसमिति काठमाण्डौका अध्यक्ष बद्रीप्रसाद दहालले संयुक्त रुपमा प्रदान गर्नु भएको हो।
एशोसियसन अफ प्रि–कुल एजुकेटर्स नेपाल अपेनको साङ्गठनिक गतिविधि र विकास तथा संस्थागत क्षमता अभिवृद्धिका लागि तत्पर रहदै सङ्गठनको मर्म र भावनालाई सम्मान, सहकार्य र एकतामार्फत अझ सुदृद्ध बनाउँदै आगामी दिनमा संगठनको हितमा शिक्षा र बालबालिकाको क्षेत्रमा यस विद्यालयको भूमिका अहम र बृहत्त हुँदै सफलता उन्मुख हुने पूर्ण विश्वासका साथ अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ प्रदान गरिएको सम्मान पत्रमा जनाइएको छ ।
अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ बाट सम्मान गर्ने आयोजकलाई धन्यवाद व्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा आफू सदैव सक्रियताका साथ लागिरहने उहाँले बताउनु छ । नेपालीले पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाड बाङ्गेपसलमा लामो समय देखि स्मल किड्स मण्टेश्वरी सञ्चालन गर्दैै आउनु भएको छ।
यो क्षेत्रमा मण्टेश्वरीको अवधारणा र सञ्चालन गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले मण्टेश्वरी सञ्चालनमा ल्याएपछि उहाँकै प्रभावले रामपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयले मण्टेश्वरी सञ्चालनमा ल्याएका छन् ।


