रामपुर नगरपालिका–द्वारा सञ्चालित जेष्ठ नागरिक स्कुल लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले निरीक्षण भ्रमण गर्नुभएको छ। निरिक्षण पश्चात् बोल्दै
“जेष्ठ नागरिक स्कुलजस्तो अवधारणा नेपालमै अनुकरणीय छ। यसले जेष्ठ नागरिकलाई सक्रिय, सम्मानित र आत्मनिर्भर बनाउने काम गरेको छ। पछिल्लो समय पारीवारीक संरचना सानो बनाउने र आमा बा घरका जेष्ठ सदस्य एक्लो हुने समस्या बढ्दै जादा यस्ता ज्ञान मन्दिरहरु प्रभाकरी हुने बताउनु भएको छ ।
जेष्ठ नागरिकहरूका लागि सञ्चालन गरिएको स्कुलको अवधारणा प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिकको ज्ञान, सीप र सामाजिक सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा“जेष्ठ नागरिकहरू हाम्रो समाजका अनुभव र ज्ञानका खानी हुन्। उहाँहरूलाई सक्रिय बनाउने उद्देश्यले सुरु गरिएको यो स्कुललाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ।”
कार्यक्रममा जेष्ठ नागरिक स्कुलका अध्यक्ष बुद्धि प्रकाश रेग्मील्र यस्को संचालन प्रक्रिया पछिल्लो अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम नगर उपप्रमुख ,वडा अध्यक्ष, जेष्ठ नागरिक समितिका अध्यक्ष, संस्थाका सञ्चालक समिति सदस्यहरू, शुभचिन्तक, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक स्कुलका सहसचिव श्री सुरज गौतमले गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले जेष्ठ नागरिकका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।







