रामपुर,
नेकपा एमालेको तर्फबाट क्षेत्र न १ पाल्पाका प्रतिनिधिसभा सदस्य पदका उमेदवार नारायण प्रसाद आचार्यले जनताको सेबकको रुपमा सबै जनताले गौरव गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगर स्तरीय कार्यकर्ता भेलालाई रामपुरमा सम्बोधन गर्दै आचार्यले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा यो क्षेत्रबाट भारी मतका साथ आफुलाइ बिजय गराउन आग्रह गर्नुभयो । उहाँले खालिबन, जब्कादी, ताहु ,आर्यभञ्ज्याङ मोटरबाटो र रामपुर ,बेलडाँडा, मित्याल, अरुणखोला मोटरबाटाे स्तरउन्नतिको काममा तत्परताका साथ लाग्ने बताउनुभयो ।उहाँले यो आर्थिक बर्षमा पाल्पा क्षेत्र नम्बर १ मा धेरै बजेट पार्न सफल भएपनि अहिलेको सरकारले बजेट कटाैती गरेको बताउनुभयो ।जनताको आधारभुत आबस्यकता पुरा गर्न र समृद्ध रामपुर निर्माणका लागी शिक्षा स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनको बिकाशका लागी क्रियासिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य समेत रहनुभएका आचार्यले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने पार्टीको अभियानमा कटिबद्द भएर लाग्ने प्रण गर्नुभयो ।
नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लिला बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पुर्ब पोलिटब्युरो सदस्य एबं पुर्ब भुमिसुधार मन्त्री दल बहादुर रानाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा सिहंदरबार, संसद भवन,अदालत ,पुलिस चौकी लगायत देशको संरचना जलाउने काम भएको र मुख्य गरी नेकपा एमालेलाई बढी प्रहार भएको बताउनुभयो ।उहाँले असंबैधानिक रूपमा संसद विघटन गरिएको बताउनुभयो । फरक प्रसङ्गमा रानाले भन्नुभयो आफुले पार्टी छोडेको नभई स्वास्थ्य अबस्था र पारिबारिक कारणले पार्टीमा जिम्मेवारी नलियको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एबं संविधानसभा सदस्य राधाकृष्ण कंडेलले सबै कार्यकर्ता एकताबद्द भएर नेकपा एमालेका उमेदवारलाई बिजय गराउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
।
कार्यक्रममा नेकपा एमाले पुर्ब केन्द्रिय सल्लाहकार परिषद सदस्य एबं पुर्ब प्रदेशसभा सदस्य युबराज खनाल ,जिल्ला कमिटी अध्यक्ष एबं समानुपातिक पदका उमेदवार ओमबहादुर घर्ती मगर ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दुर्गादेबि राना,नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बिमल काफ्लेले बोल्दै देशिबिदेशी शक्तिहरुले नेकपा एमालेलाई प्रहार गर्न खोजीरहेको बताउँदै देश जलाउनेलाई होइन देश बनाउनको लागी पनि एमालेको सुर्य चिन्हमा मतदान गर्न सबै जनताहरुलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पिपिएलएका पुर्ब उपमहासचिव शिव अर्यालले गैरकानुनी रुपमा संसद विघटन गरिएता पनि चुनाव हुने परिस्थितिमा नेकपा एमाले चुनावमा भाग लिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेको समानुपातिक पदका उमेदवार रोजिरन खातुन,अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्देश ढकाल लगायतले बोल्दै नेकपा एमालेको उमेदवारलाई बिजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लिला बहादुर गाहाले समग्र नगरको पार्टीको गतिविधि र फागुन २१ गते हुने चुनावको तयारीका
विषयमा जानकारी दिनुभएको थियो ।
राम्चे सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अशोक श्रेष्ठ र कार्यक्रमको संचालन नगरकमिटी सचिव लोकनाथ भट्टराई गर्नुभएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिका भित्रका अन्य दल छोडेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार सहित ९ दल र ४ स्वतन्त्र गरी १३जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।


