न्यु होराइजन आवासीय मा बि पाल्पा ले ३३ औं बार्षिकोत्सब पुरस्कार बितरण तथा सास्कृतिक सम्पन्न

बोली खबर   २०८२-११-०२

न्यु होराइजन आवासीय मा बि पाल्पा ले ३३ औं बार्षिकोत्सब को अबसर पुरस्कार बितरण तथा सास्कृतिक कार्यक्रम र खाना महोत्सव सम्पन्न गरेको छ।

कार्यक्रम मा प्रमुख अतिथि जिल्ला समन्वय समिती पाल्पा का प्रमुख टन्क नाथ खनाल ले आफ्नो बाल्यकाल को स्कुलले जिवन को सम्झना गर्दै बर्तमान समय मा निजि विद्यालयको बिकास भएको मा खुसि व्यक्त गर्नु भयो।साथै वहा ले पाल्पा जिल्ला एस इ इ नतिजा मा उत्कृष्ट नतिजा दिन सफल भयको विद्यालय परिवार लाइ बधाई दिनु भयो।

बिध्यालय ले यसरि कार्यक्रम आयोजना गर्दा खाना महोत्सव देखि भब्य सास्कृतिक समेत को आयोजना गरेको मा प्रसम्सा गर्नु हुदै बिद्यालय को थप प्रगति उन्नति को कामना गर्दै सुभकामना दिनु भयो। कार्यक्रम मा विद्यालयमा का पृन्सिपल डासुराम पन्त ले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम विद्यालयमा लामो समय कार्यरत शिक्षक तथा कर्मचारी हरु र विभिन्न प्रतियोगिता मा प्रथम द्धितिय हुन सफल छात्र छात्रा हरु लाइ पुरस्कार तथा प्रमाणपत्र बितरण गरियको थियो।कार्यक्रम मा न्यु होराइजन मा बि बुटवल का उपप्राचार्य बासुदेब अर्याल , त्रिभुवन बहुमुखी क्यामपस पाल्पा का प्रमुख ट्न्क प्रसाद पन्त , नेपाल पत्रकार महासङ पाल्पा का सभापति कमल राज तिमिल्सिना , प्याब्सन केन्द्रिय सदस्य भरत प्रसाद नेउपाने लगायत ले सुभकामना मन्तब्य दिनु भएको थियो।कार्यक्रम को बिच/ बिच मा बिध्यार्थि हरु ले तयार गरेको सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बिध्यालय का सहायक प्रधानाध्यापक चन्द्रकान्त न्यौपानेले स्वागत , विद्यार्थीहरु सभ्यता पराजुली , ग्रिस्मा ज्ञवाली र रितिका रसाइलि को सन्चालन र बिद्यालय ब्यबस्थापन समिती का अध्यक्ष निर्मल प्रसाद लाकोल को सभापतित्व मा सम्पन्न भएको विद्यालयका शिक्षक राजेन्द्र लिगलले बताउनु भयो।