होम राई मगर
पाल्पा / ४ फागुन । पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नम्बर-७, ज्यामिरेमा साविक अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
ज्यामिरे खेलकुद बिकास ज्यामिरेको आयोजना र वडा नम्बर-७, ज्यामिरेको वडा कार्यालयको आयोजनामा सन्चालन भएको प्रतियोगितामा पुरुष तर्फ हुबास टोलले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सिन्दुरे टोलले दोस्रो र बतासा टोलले तेस्रो स्थान हासिल गरेका थिए । त्यसैगरी महिला तर्फ मदनपुर टोल प्रथम पोखरीछापले द्वितीय र घोर्लिकखरक टोलले तृतीय स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा उकृष्ट खेलाडीमा पुरुष तर्फ हुबासका देवराज दिशा महिला तर्फ पोखरीछापका ललिता राक्से पुरस्कृत भएका थिए भने पुरुष तर्फ सिन्दुरेका लोकेश सोमै र महिला तर्फ मदनपुरका लालीगुरास आले उत्कृष्ट स्पाइकरमा छनौट भएका थिए । समूहहरुलाई एक कार्यक्रमका बिच पुरस्कार पुरस्कार स्वरुप नगद, ट्रफी र मेडल वितरण गरिएको थियो । फागुन २ गते देखि सन्चालन भएको प्रतियोगिता ज्यामिरेको बतासा खेलमैदानमा भएको हो ।
ज्यामिरे खेलकुद बिकास समितिका अध्यक्ष देवराज बिकको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन वडा सचिब सुरेन्द्र बहादुर रावल र मुख्य पाहुना वडा अध्यक्ष मुक्त बहादुर पाटा रहनु भएको थियो ।


