पाल्पा । जेन्जी आन्दोलनका कारण रोकिएको रामतुलसि नमुना माध्यमिक विद्यालय को तीन करोड रुपैयाँ लागतमा निर्माण हुने नयाँ भवन पुनः ठेक्का प्रक्रियामा गएको छ। लामो समयदेखि अवरुद्ध योजना अघि बढ्ने चरणमा पुगेपछि विद्यालय परिवार र स्थानीयवासीमा उत्साह देखिएको छ।
उक्त बजेटलाई ठेक्का प्रक्रियासम्म पुर्याउन विशेष पहल गर्ने अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पङेनी प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ अशोकले सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
यस विषयमा जानकारी विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले गराउनुभएको हो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारअन्तर्गत करिब ९ करोड रुपैयाँ बराबरका विभिन्न विकास निर्माणका कामहरू सञ्चालन हुनेछन्। यसबाट विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनुका साथै शैक्षिक गुणस्तरमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
विद्यालय प्रशासनले योजना कार्यान्वयनमा सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ।




