पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले जनताको माग र विकास कुराहरु भएकोले एमालेले ग्रहण गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
आचार्यले अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्यता दिएको आचार्यले बताउनुभयो । उम्मेदवार आचार्यले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र स्थानीय जनताको सहभागितामा माथागढीको सराईमा सार्वजनिक गर्नुभयो । प्रभावित क्षेत्रका जनताको सहमति र स्विकृती वेगेर कालीगण्डकी डाईभर्सनको काम हुन नसक्ने एमाले उम्मेदवार आचार्यले बताउनुभयो । उम्मेदवार नारायण प्रसाद आचार्यले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन पाल्पा क्षेत्र नं। १ को भौतिक र मानवीय विकासका योजनाहरू सार्वजनिक गर्नु भएको छ ।

एमाले उम्मेद्वार नारायणप्रसाद आचार्यका प्रमुख प्रतिवद्धताहरू संक्षेपमा यसप्रकार छन्:
सडक र पूर्वाधार
-
कालीगण्डकी करिडोर निर्माण गरी राष्ट्रिय राजमार्गसँग जोड्ने।
-
आर्यभाञ्ज्याङ–रामपुर सडक तत्काल स्तरोन्नती।
-
भिमाद–रामपुर–बेलडाँडा–अरुणखोला सडक स्तरोन्नती र निर्माण सम्पन्न।
-
चुरे पर्वतमालाका वडाहरू जोड्ने हरियाली सडक निर्माणमा प्राथमिकता।
-
बाँसटारी–झडेवा–दुम्कीबास वैकल्पिक सडक र रणनीतिक क्षेत्रीय सडक निर्माण।
-
हुंगीभाट–कालीगण्डकी करिडोर जोड्ने सडक तत्काल पूरा।
-
स्थानीय सडक, ढल, पुल, कल्भर्ट, उद्यान, योग/मेडिटेशन स्थल, जेष्ठ नागरिक विश्रामस्थल निर्माण।
शिक्षा
-
पालिका स्तरमा नमूना विद्यालय स्थापना र गुणस्तरीय शिक्षा सुनिश्चित।
-
सहिद बहुमुखी क्याम्पस रामपुरलाई क्षेत्रीय नेतृत्वदायी क्याम्पस बनाउने।
-
प्राविधिक/व्यवसायिक विद्यालयमा दक्ष जनशक्ति उत्पादन र पूर्वाधार विस्तार।
-
मगर मातृभाषामा पठन–पाठन सुरु गर्ने र विद्यालय शिक्षाको पहुँच सबै बालबालिकामा सुनिश्चित।
-
गुरुकुल, मदरसा शिक्षा परम्परा संरक्षणसहित व्यवहारिक बनाउने।
स्वास्थ्य
-
रामपुर र पाल्पा अस्पताल: ट्रामा सेन्टर, विशेषज्ञ सेवा, आपतकालीन तयारी।
-
गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण।
-
आयुर्वेद स्वास्थ्य केन्द्र र वैकल्पिक चिकित्सा प्रवर्द्धन।
-
मानसिक स्वास्थ्य, बाल–प्रसुती, दीर्घ रोग, जेष्ठ नागरिक र नियमित स्वास्थ्य परीक्षण सुनिश्चित।
-
स्वास्थ्य विमा सुधार र एकीकृत वित्तीय संयन्त्र।
खानेपानी र सरसफाइ
-
एक घर–एक धारा स्वच्छ पानी उपलब्ध गराउने।
-
बृहत खानेपानी आयोजनाहरु समयमै सम्पन्न।
-
फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण।
विद्युत र संचार
-
ग्रामीण/शहरी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा।
-
आँधीखोला जलविद्युत सर्वसुलभ बनाउने।
-
कमजोर मोबाइल नेटवर्क सुधार र इन्टरनेट पहुँच वृद्धि।
कृषि र सिंचाइ
-
कालीगण्डकी, रामुर, माडी, आरुङखोला, पूर्वखोला लगायत प्रमुख फाँटमा सिंचाइ व्यवस्था।
-
वर्षात पोखरी, हाइड्याम, सतह/भुमिगत सिंचाइ।
-
व्यवसायमुखी कृषि, जडिबुटी परियोजना, सहकारीमार्फत् बजार व्यवस्थापन।
-
वन्यजन्तु नियन्त्रण र कृषि उत्पादन वृद्धि।
पर्यटन, उद्यम र उद्योग
-
काउलेडंडा, जल्पा चुलीडाँडा, पाटन, रम्भापानी, हात्तीलेक, जुरेलेक लगायतका हिल स्टेशन विकास।
-
युवालाई उद्यमशीलता, सहुलियत ऋण, लगानी र व्यवसाय अवसर उपलब्ध गराउने।
-
परम्परागत सिप र कला आधारित उद्योग प्रवर्द्धन।
-
गिग अर्थतन्त्र र स्थानीय उद्योग, खाद्य उत्पादनमा आत्मनिर्भरता।
भूमि, वन र वातावरण
-
भूमिहिन/अव्यवस्थित बसोबासी नापचाँच र प्रमाण पुर्जा वितरण।
-
जैविक विविधता सम्पन्न वन संरक्षण र आयआर्जनमा जोड।
-
वृक्षारोपण (अम्रिसो, दालचिनी, लिची, आँप, ओखर) र हरियाली वातावरण।
-
फोहोर मैला प्रशोधन पूर्वाधार निर्माण।
सुशासन र सेवा
-
डिजिटल, पारदर्शी, जवाफदेही र जनउत्तरदायी सेवा।
-
योजना छनोट र कार्यान्वयनमा जनसहभागिता।
-
जनसुनवाई कार्यक्रम र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता।


