पाल्पा क्षेत्र नं. १ का एमाले उम्मेदवार आचार्यलाई पितृ शोक

बाेलीखबर   २०८२-११-१७

पाल्पा ।  पाल्पा जिल्ला क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य का पिता दिल्ली प्रसाद आचार्यको आज निधन भएको छ।

स्वर्गीय आचार्यको निधनले आचार्य परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। उहाँका ५ जना छोरा र ३ जना छोरी रहेका छन्। परिवारका अनुसार स्वर्गीय आचार्यको अन्तिम संस्कार राम्दीमा गरिने जनाइएको छ।

स्वर्गीय दिल्ली प्रसाद आचार्य समाजमा सरल, मिलनसार र सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँको निधनले स्थानीय समाजमा अपूरणीय क्षति पुगेको बताइएको छ। स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।