आज फागु पर्व हर्षोल्लासका साथ मनाइदै

बोलीखबर   २०८२-११-१८

पाल्पा । आज देशका विभिन्न पहाडी जिल्लाहरूमा फागु पर्व (होली) हर्षोल्लासका साथ मनाइएको छ। पहाडी क्षेत्रमा परम्पराअनुसार एक दिन अघि नै होली मनाउने चलन रहेकाले बिहानैदेखि रंग र अबिरले वातावरण रंगीन बनेको थियो।

यसैबीच, नजिकिँदै गरेको स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूले होलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव कायम राख्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। केही स्थानमा होली कार्यक्रमसँगै जनप्रतिनिधिहरूले मतदातासँग भेटघाट तथा संवाद कार्यक्रमसमेत गरेका थिए।

स्थानीय प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै संयमित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। जबर्जस्ती रंग दल्ने, मदिरा सेवन गरी अशान्ति मच्चाउने जस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ।

नेपाल मा मनाइने होली पर्वलाई आपसी सद्भाव, एकता र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। पहाडमा आज मनाइएको होली भोलि तराई क्षेत्रमा मनाइनेछ।
यस वर्षको होलीले सांस्कृतिक एकता र लोकतान्त्रिक चेतनालाई थप सुदृढ बनाएको स्थानीय बासिन्दाहरूले बताएका छन्।