आज प्रतिनिधिसभा निर्वाचन

  २०८२-११-२१

पाल्पा । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो। यसपटक प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटका लागि मतदान हुँदैछ।

निर्वाचन आयोग का अनुसार प्रत्यक्षतर्फ ६५ दलका ३ हजार ४ सय ६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार रहेका छन्।

कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन्। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी पूरा भएको आयोगले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदाधिकारीहरूले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका