पाल्पा-१ मा मतगणना जारी, रास्वपाको अग्रता कायमै

बोलीखबर   २०८२-११-२२

पाल्पा, प्रतिनिधि सभा सदस्य निर्वाचन पाल्पा क्षेत्र नं. १ को मतगणना भैरहेको छ । शुक्रबार विहान देखि भएको मतगणना अनुसार पाल्पा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल पन्तको अग्रता कायम गर्न सफल भएको छ । तिनाउ गाउँपालिका ५ र तानसेन ८ गरि २५१९ मतगणना गर्दा बिमल पन्तले १३०६  प्राप्त गर्नु भएको छ । नेकपा एमालेका नारायण प्रसाद आचार्यले ५५४ नेपाली कांग्रेसका सन्दीप रानाले ३२२, नेपाली कम्युनिष्ट पार्टीका हुम बहादुर सुनारी मगरले १७० र मंगोल नेशनल अर्गनाईजेशनका सलन चिदीले ५७ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।  अहिले माथागढी गाउपालिक २ को मत गणना जारी रहेको छ । विहिबार राती मतपेटिका ढुवानी पश्चात राती नै सर्वदलिय बैठक बसेर विहान साढे ४ बजे देखि मतगणना सुरु भएको हो । मतगणना रामपुर नगरपालिकाको सभाहलमा भैरहेको छ ।