खोटाङमा हेलिकप्टर दुर्घटना

  २०८२-१२-०४

पाल्पा । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभएकाेछ । दुर्घटनामा कसैको पनि हताहती नभएको वहाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताउनु भयाे । वहाँले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताउनु भयाे । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएकाे बताउनु भयाे।

वहाँले भन्नु भयाे, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’