बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

बाेलीखबर   २०८२-१२-२३

पाल्पा । जिल्लाको रामपुर नगरपालिका–३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालकको घटनास्थल मै निधन भएको छ ।

सोही ट्याक्टरमा च्यापिएर रामपुर नगरपालिका–४ बाङ्गेपसल बस्ने ५२ वर्षीय टेक बहादुर आलेको मृत्यु भएको हो । मकै छर्नका लागि जोत्ने क्रममा लु ३ त ७२५ नम्बरको ट्याक्टर सोमबार विहान साढे १० बजे पल्टिएको थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार सोही ट्याक्टरमा च्यापिएर आलेको घटनास्थल मै निधन भएको हो । जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भै पल्टिएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टर धनी समेत रहनु भएकाले आलेले ट्याक्टर आफैले चलाउँदै आउनु भएको थियो ।