रामपुर अस्पतालको आयोजनामा पाल्पा क्षेत्र नं। १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सन्दीप राना लाई बधाई तथा सम्मान साथै नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पताल विकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्दीप राना रहनु भएको हो । रानाले बोल्दै यस क्षेत्रकै गहना अस्पतालको सर्वाङ्गिण बिकासमा आफुले सक्ने सहयोग गर्ने बताउनु भएको छ । यो अस्पताल स्याङजा पाल्पा तनहु र नवलपुरको संगम तथा केन्द्र भएका र कालिगण्डाकी करीडोरको छेउमै भएकाले पनि अस्पतालमा सेवा लिने सेवा ग्राहिको चाप बढि नै रहेको छ । जनशक्ति अभाव सगै सिमिति स्रोतसाधनको बावजुद पनि नागरिकले सेवा पाएको कुरा स्पस्ष्ठ पानु भयो । अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारमा आफू प्रतिबद्ध रहेको बताउँदै आवश्यक स्रोतसाधन व्यवस्थापन तथा पूर्वाधार विकासमा पहल गर्ने उल्लेख गर्नुभयो। उहाँले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्राथमिकता भएको धारणा राख्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्योग पर्यटन बिकास समिति सभापति राजु प्रसाद श्रेष्ठले लुम्विनी प्रदेशको १४ वटा अस्पताल मध्ये दोस्रो तेस्रो स्थानमा राखेर प्राथमिकतामा राखेको बताउनु भयो । स्रोत कम भएकाले काम नदेखिएको भन्दै यसलाइ ट्रमा सेन्टरको रुपमा बिकास गरीने बताउनु भएको छ ।स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन स्थानीय तह, अस्पताल तथा जनप्रतिनिधिबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले अस्पताललाइ जहिले पनि सहयोग गर्ने बताउनु भएको छ । अस्पताल बिकास समिति अध्यक्ष युवराज खनालले बोल्दै अस्पतालले उपलब्ध सीमित स्रोतसाधनबीच पनि सेवा प्रवाह सुधार गर्ने निरन्तर प्रयास गरिरहेको जानकारी दिँदै आगामी योजनाहरू कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
अस्पताल बिकास समिति सदस्य बिष्णु देबि आचार्य घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ता बहादुर रोका मगरले अस्पतालको हालको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अवसरमा वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल रामपुर उद्योग बाणिज्इ सघका अध्यक्ष भोजेन्द् प्रकाश ढकाल ,रामपुर साना शहरी खानीपानि तथा सरसफाइ उपाभोकता समितिका उपाध्यक्ष विष्णुमाया ढकाललगायतले बोल्दै नववर्षको शुभकामना दिनु भएको हो । अतिथिहरूद्वारा अस्पतालका विभिन्न विभागहरूको अवलोकन समेत गरिएको थियो। अवलोकनका क्रममा सेवा प्रवाहको अवस्था, उपलब्ध स्रोत तथा भावी योजनाका विषयमा छलफल र सकारात्मक अन्तरक्रिया भएको थियो।
अन्तरक्रियामा कार्यक्रममा पुर्व संचालक समिति अध्यक्ष फणेश्वर गौतम ,रामपुर आयुर्बेद अस्पतालका कविराज चेमनप्रकाश पोखरेल ,रेडक्रस रामपुर उपशाखाका सभापति मनोरथ भट्टराइ समाजसेवि बुद्धिप्रकास रेग्मी लगायतले सुझाव सहितको जिज्ञाशा राखेका थिए । रामपुर अस्पतालको सभाहलमा भएको कार्यक्रमको संचालन अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले गर्नु भएको हो ।







