रामपुर बचत तथा ऋण सहकारी संस्थाले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्री गुरु प्रसाद रेग्मीज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश, पाल्पा जिल्ला क्षेत्र नं. १(क) का प्रदेश सभा सदस्य एवं संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बिहिवार आयोजित उक्त कार्यक्रममा संस्थाका संस्थापक शेयर सदस्यहरू, पूर्व तथा वर्तमान सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, उपसमिति सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले उत्साहजनक उपस्थिति जनाउँदै नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधिहरू, प्राप्त उपलब्धिहरू, सामना गरिएका चुनौतीहरू तथा आगामी योजनाहरूका विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले संस्थालाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउने विषयमा आफ्ना अमूल्य सुझाव तथा सल्लाहहरू प्रस्तुत गर्नु भएको थियो।
सहभागीहरूबाट प्राप्त सुझावहरूलाई आगामी कार्ययोजनामा समेट्दै संस्थालाई अझ प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। कार्यक्रमले संस्थाभित्र आपसी समन्वय, सहकार्य र सम्बन्धलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।











