नेवाः देय दबू रामपुरको नगर भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बोलि खबर   २०८३-०१-०५

पाल्पा, नेवाः देय दबू रामपुरको नगर भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगर कार्यसमितिले शनिबार भेला संगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान गरेको होनेवाः देय दवू रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं नगर कार्यसमितिका सल्लाहाकार राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथी श्रेष्ठले नेपाल भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले मौलिक संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी दिन मातृभाषा महत्वपूर्ण रहेको बताउनुभयो । नेवारी भाषा सिकेर पुस्ता हस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभयो ।

नेवाः देय दवूले नेवार समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवद्र्धनमा दिएको योगदानको प्रशंसा गर्नुभयोकार्यक्रममा नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष विजुला जोशी, सदस्य अरुणा श्रेष्ठ र गण्डकी प्रदेशका नेवा देय दबुका अध्यक्ष मथुराकृष्ण श्रेष्ठ लगायतलाई सम्मान प्रत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विजुला जोशीले बोल्दै आफ्नो भाषा र कला संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश नेवाः देय दबूका गण्डकी प्रदेश अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले बोल्दै भाषा, कला संस्कृतिले हाम्रो पहिचानलाई थप स्थापित गर्ने बताउनुभयो ।कार्यक्रममा नेवाः देय दबू पाल्पा जिल्ला उपाध्यक्ष विनोद श्रेष्ठ, रामपुर नेवाः समाजका अध्यक्ष एवं नगर सल्लाहाकार बाबुराम श्रेष्ठ, क्याक्मी मानन्धर गुठीका अध्यक्ष राजकुमार मानन्धर, नेवाः देय दबू रामपुर नगर कोषाध्यक्ष ओमनारायण श्रेष्ठ, नेवाः देय दबू रामपुर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले शुभकामना सहित आफ्नो धारणा राख्नु भएको थियो ।

नेवाः देय दबू रामपुरले आफ्नो धर्म, संस्कार, संस्कृति जोगाउनका लागि रामपुरमा २०८० साल देखि विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । राम्चे सामुदायिक वनको सभाहलमा भएको कार्यक्रम नेवाः देय दबू रामपुरका वरिष्ठ उपाध्यक्ष माेहन प्रसाद श्रेष्ठ स्वागत बाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन नेवाः दय दबूका सचिव लेख प्रसाद श्रेष्ठले गर्नु भएको हो