होम राई मगर
बैशाख १३ । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाले ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर-६,अर्चलेका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुनारीले हाल निस्दीका विद्यालयहरुमा भौतिक समस्या नभएकोले शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले संघीय सरकारले कक्षा-५ सम्मका विद्यार्थीहरुलाई मात्र दिवा खाजाको उपलब्ध गरेको भएपनि निस्दी गाउँपालिकाले कक्षा ६ देखि ८ देखीका विद्यार्थीहरुलाई समेत दिवा खाजाको उपलब्ध गरेको बताउनुभयो । कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल रानाले विद्यालयले गरेका क्रियाकलापहरुको प्रसंशा गर्नु हुँदै अभिभावकहरुको साथ र सहयोगले मात्र हामीले कल्पना गरेको विद्यालय बन्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक होम बहादुर राईले विद्यालयको शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रसुत गर्नुभएको थियो । शैक्षिकसत्र २०८२ मा शैक्षिक तथा शारीरिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थी र नियमित विद्यालय पठाउने १९ जना अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयका शिक्षक हुम बहादुर सुनारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक जोग बहादुर बयम्बुले गर्नुभएको हो ।


