सिन्दुर आविको बाल मञ्च पुनर्गठन : अध्यक्षमा खुशी दर्लामी

बोली खबर   २०८३-०१-१७


होम राई मगर
१७ बैशाख । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाको विद्यार्थीहरुको भेला बसेको छ ।
     भेलाले खुशी दर्लामी अध्यक्षतामा ९ सदस्यीय सिन्दुर बाल मञ्च पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा लक्की बयम्बु, सचिबमा उर्मिला ठकुरी र कोषाध्यक्षमा सन्दीप सारु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सन्ध्या सारु, शर्मिला सारु, गिरमान सारु, आशिका बिक र खुमन बयम्बु रहेछन् । भेलाले विभिन्न टोली प्रमुखको संयोजकत्वमा सदन विभाजन गरिएको छ भने आगामी शैक्षिकसत्रमा सन्चालन गरिने साप्ताहिक क्रियाकलापको सहितको कार्ययोजना समेत निर्माण गरिएको छ ।
     भेलाले शिक्षिका ज्योति कुमारी खाम्चालाई बाल मञ्च सम्पर्क शिक्षिका चयन गरिएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक जोग बहादुर बयम्बुले गर्नु भएको हो ।