रामपुर साना शहरी तथा खानेपानि तथा सरसफाई उपभोक्ता सस्था रामपुर पाल्पाको वार्षिक साधारणसभा सुरु भएको छ ।आइतबार देखी ब्लक स्तरीय बाषिक साधारण सभा सुरु भएको हो ।
सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भयाे । कार्यक्रमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि नगरप्रमुख थापाले मानव जीवनका लागि हावा र पानी अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शुद्ध खानेपानीको प्रयोगले धेरै रोगबाट बच्न सकिने बताउँदै पानी स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको धारणा राख्नुभयो ।
“मानिसको जीवनमा हावा र पानी सबैभन्दा महत्वपूर्ण कुरा हुन् । शुद्ध खानेपानी प्रयोग गर्न सके धेरै रोगबाट बच्न सकिन्छ । खानेपानी योजनालाई दीगो र प्रभावकारी बनाउन सबै उपभोक्ताको सहकार्य आवश्यक छ ”उहाँले भन्नु भयो ।
सस्थाका उपाध्यक्ष विष्णु माया ढकालकाे स्वागतबाट शुरु भएकाे कार्यक्रममा उहाँले खानी पानीमा लगानि उपभोक्तकाे नभए पछि माया पनि कम हुन्छ अनि लगानि भयाे भनी माया हुन्छ भन्नू ।ब्लक नम्बर २ काे सम्याेजक टाेपलाल ढकालले पानी महशुल घटाउनु पर्ने उपभोक्ताको माग रहेकाे जानकारी गराउदै साधारणसभा सफलताकाे शुभकामना दिनु भयाे ।
कार्यक्रममा सस्थाका काेषाध्यक्ष भाेज राज भट्टराईले ४करोड६९लाख६७हजा ६सय ९६ बराबरको आम्दानि खर्चको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । लेखा समितिका सदस्प कमलराज आचार्यले संस्थाले सुधार गर्नु पर्ने पक्ष र राम्रा पक्षका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा उपभोक्ता समिति पुर्ब उपाध्यक्ष हुमनाथ न्याैपाने , उपभोक्ता सागर प्रसाद देवकाेटा , पुर्ब ब्लक संयोजक सुन्दर देवकाेटा ,साबित्रा कुमाल , नेपाल पत्रकार महासंघ पाल्पा उपाध्यक्ष बन्दना पाेखरेल लगाएतले उपभोक्ता माझ गत भदौमा भएको खानेपानी निर्वाचन गरीएको प्रतिबद्धता पूरा हुने आशा राखेकाे बताउनु भयाे ।
सन्चालक समिति सदस्य विष्णुप्रसाद आचार्य धन्यवाद दिनु भएको साधारणसभाको सन्चालन सचिव निलकठ्ठ पाेखरेलले गर्नु भएको थियो । आइतबार नबदुर्गा माबिको सभाहल ब्लक न २ बाट सुरु भएको साधारणसभा यहि जेठ १ गते सम्म चल्ने छ ।











