रामपुर साना शहरी खानेपानी तथा सरसफाइको साधारण सभा जारी, ६ नम्बर ब्लकको सम्पन्न

बोली खबर   २०८३-०२-०१

रामपुर साना शहरी खानेपानी तथा सरसफाइ सस्थाको ब्लक स्तरीय नवौ बार्षिक साधारण सभा अन्तर्गत ब्लक नम्बर ६ को साधारण सभा सम्पन्न भएको छ ।

रामपुर नगरपालिका ४ को सभाहलमा भएको साधारण सभाको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गर्नुभयो । सभा उद्घाटन गर्नुहुदै थापाले स्थानीय खानेपानी स्थानीय तहमा दर्ता गर्नुपर्ने हुँदा यो सहित २९ खानेपानी मुल दर्ता भएको बताउनुभयो ।

४ सय बढी घरधुरीमा धारो जडान अनुदान गरेको बताउनुभयो । बाकी आएका समस्यालाई ब्लक समिति र मुल समितिले चनाखो दिएर अत्यावश्यक पानी खान पाउने अधिकार प्रत्याभुत गर्न जोड दिनुपर्ने बताउनुभयो ।


पुर्व लुम्बिनी प्रदेश सदस्य युवराज खनालले प्रत्यक ब्लकमा उपस्थित भएर गुनासो सहितको सभा गरेकोमा धेरै राम्रो भएको बताउनुभयो । सबै चिज महङ्गो छ,हामी सित्तैमा पानी बोकेर खाएका हौ घरमा आएको पानीको केही रकम लिएपनि
अब अरु बढाउन भएन खनालले भन्नुभयो । रामपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम बहादुर रानाले चुनौती भएपनि पानी खुवाउन निरन्तर लागेर नै संभव भएको र घरधुरी बढे संगै क्षमता बढाउन लागिपरेको बताउनुभयो ।

सस्थाका अध्यक्ष कमलराज भट्टराईले रामपुरको शहरउन्मुख बस्तीलाई पानी खुवाउन रामपुर साना शहरी खानेपानी शुरु गरेको बताउनुभयो । उहाँले ३७ सय उपभोक्ताको हाराहारी क्षमताको खानेपानीमा ४५ सय उपभोक्ताले खानेपानी
योजना आयोगमा ५७ करोड २६ लाखको योजनाको फाइल अन्तिम चरणमा पुगेको बताउदै त्यसले पाइप र धारा जडान मर्मतमा लगाएर व्यबस्थित गर्ने बताउनुभयो । त्यो योजना लागू भए १५ प्रतिशत रकम उपभोक्ताले उठाउनुपर्ने हुँदा अहिलेको बचत राखिरहेको बताउनुभयो ।


कार्यक्रममा रामपुर नगरपालिकाका पुर्व उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरे, एमाले प्रदेश कमिटी सदस्य दुर्गादेवी राना, उपभोक्ता सायबा बेगम र देव बहादुर ठाडा, कालिका माबिका अध्यक्ष तुल बहादुर रानाले उपभोक्ताको गुनासो र खानेपानीको अबस्थाबारे झल्काउदै शुद्ध खानेपानी खुवाउनुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।

खानेपानी सस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै खानेपानीले बार्षिक बुकलेट निकालेर त्यही बुकमा खानेपानीको कुल उपभोक्ता घरधुरी, आम्दानी, खर्च र बचत सहित सम्पुर्ण अबस्थाबारे जानकारी दिएको र कार्यालयमा नै आएर बुझ्न सकिने बताउनुभयो ।
लेखा समिति सदस्य मन्जुप्रभा भट्टले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


त्यस्तै ब्लक नम्बर ६ का ब्लक संयोजक मोहन बहादुर थापाले ब्लकमा रहेको समस्या निरन्तर समितिमा उठाएको बताउदै खानेपानी सस्थाले उपभोक्तालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले ९ लाख लिटर क्षमताको यस ब्लकमा  अन्तर्गत ट्यान्की रहेको छ । सस्थाका उपाध्यक्ष बिष्णु माया ढकालको स्वागत तथा सदस्य मुना थापाले धन्यबाद व्यक्त गर्नुभएको कार्यक्रमको संचालन सचिव निलकण्ठ पोखरेलले गर्नुभएको हो ।

२०६७ सालमा १७ सदस्यीय समिति गठन भएर शुरु भएको खानेपानीमा हाल ४४२४ उपभोक्ता धारा जडान छ । रामपुरको बस्ती विकास संगै अझ पानीको अभाब खड्किएकोमा सस्थाले थप पानीको स्रोत पहिचान गरि बोरिङ खनेको छ । यसबर्ष १ करोड ८९ लाखको लागतमा रामपुर ५ मा बोरिङ धसिएको छ । पहिलोपटक ब्लक स्तरीय साधारण सभा गरेको खानेपानीले ब्लक नम्बर २,३,४,५ र ६ नम्बर ब्लकको साधारण सभा सकिएको छ । अब बाकी रहेको १ नम्बर ब्लकको साधारण सभा शुक्रबार हुनेछ ।