रामपुर साना शहरी खानीपानी सस्थाकाे ब्लक ब्लक स्तरीय साधारणसभा सम्पन्न

बोली खबर   २०८३-०२-०२

रामपुर पाल्पा
रामपुर साना शहरी खानेपानि तथा सरसफाई उपभोक्त सस्था रामपुर पाल्पाले ब्लक स्तरीय ब्नलक नम्बर १ काे सभा सगै बाषिक साधारण सभा सम्पन्न भएकाे छ ।

सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना प्रतिनिधिसभा सदस्य सन्दिप राना रहनु भयाे । कार्यक्रममा मुख्य पाहुना प्रतिनिधि सभा सदस्य सन्दिप रानाले पानसमा बत्ति बालेर र गमलामा पानी राखेर साधारणसभा काे उद्घाटन गर्नु भयाे । उहाँले मानव जातिका लागि पानी अपरिहार्य हाे भन्नू भयाे ।

उहाँले यश गणडकीबेसि जुन पाल्पा ,स्याङ्जा ,तनहुँ र नवलपुरकाे केही भागलाई मिलाएर कालिगण्डकी उपत्यका र वैदिक सिटिकाे अबधारणा अधि सारेकाे बताउनु भयाे । वहाले कालगण्डकीकाे सभ्यतालाईजागाउनका लागि सदनमा समेत कुरा उठाएकाे बताउनु भयाे ।

उहाँले राज्यले शिक्षा स्वास्थ्य खानीपानी जस्ता कुरा निशुल्क व्यवस्था गर्नु पर्ने भन्दै खानीपानीकाे पनि कर तिर्नु पर्ने कुरा परिवर्तन का लागि पनि आफू लाग्ने बताउनु भयाे ।वहाले यश क्षेत्रकाे विकासका लागि आफू प्रतिबद्व भएर लाग्ने बताउनु भयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु श्रेष्ठले बाेल्दै उहाँले पानी मानवकाेलागि अति अपरिहार्य छ भन्दै शुद्व पानी पिउने हाे भने ८० प्रतिशत राेत लाग्दैन भनु भयाे ।पानी हाम्राे शरिरमा भएन भने हामी रहन्नाै भन्दै पानी शुद्व पिउन पर्छ भन्नू भयाे ।

कार्यक्रममा वहाले खानी पानी सस्थाकाे ऋण भएकाे र पैसा जम्मा गर्दा २५ प्रतिशत कर लाग्ने सरकारकाे तितिका बारेमा खानीपानी कहासघका अध्यक्ष सग समेत कुरा गरेकाे भन्दै प्रदेशबाट सकेकाे सहयाेग गर्ने प्रतिबद्वता जनाउनु भयाे ।


कार्यक्रममा राष्ट्रिय जनमाेर्चा रामपुर नगर अध्यक्ष हरि प्रसाद गैह्रे,सस्थाका पुर्व समिति उपाध्यक्ष हुजिल दिन मिया,ब्लक नम्बर १ का सम्याेजक कृष्णप्रसाद अर्याल लगायतले खानीपानिकाे महत्त्वपूर्ण छ भन्दै साधारणसभा सफलताकाे शुभकामना दिनुभयाे ।

साधारण सभामा सस्थाका उपाध्यक्ष विष्णु माया ढकाल काे स्वागत बाट शुरु भएकाे कार्यक्रममा सस्थाका अध्यक्ष कमलराज भट्टराईले अध्यक्षकाे प्रतिबेदन सुनाउदै संस्थाको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गत वर्षको आय ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ खर्च भएको बताउनुभयो वहाले
एककराेड ८९ लाखकाे काम भईरहे बताउनु भयाे । लेखा समिति सदस्य मन्जु भट्ट क्षेत्रिले लेखा प्रतिबेदन पढेर सुनाउनु भयाे । कार्यक्रममा उपभोक्ता गिता घिमिरे र बुद्वी पङ्गेनीले जिज्ञाशा सहितकाे शुझाव राखेका थिए । लगायतले साधारणसभा सफलताकाे शुभकामना दिनुभयाे ।
कार्यक्रममा पुर्व समितिका पधाधिकारी लाई सम्मानपत्र दाेशल्ला फुलमाला अविरले सम्मान गरेकाे हाे ।


सन्चालक समिति सदस्य सरस्वती डाेटेलले सहभागिलाई धन्यवाद दिनु भएकाे कार्यक्रमकाे सन्चालन सचिव निलकठ्ठ पाेखरेलले गर्नु भयाे । कार्यक्रममा दरैठाटि मा वि काे सभाहलमा भएकाे हाे ।