समाचार असोज २३
चौथो ज्योतिपुन्ज कप फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ चौथो संस्करणको प्रतियोगिता सुरु भएको हो ।शुक्रबार भएको उद्घाटन खेल आयोजक ज्योतिपुन्ज युवा क्लब र ठकुरी कल्याण समाज नवलपर (पुर्ब) बिचमा भएको हो । खेलमा ठकुरी कल्याण समाज नवलपर (पुर्ब) ले २ का विरुद्ध ५ गोल गरी बिजयी भएको छ ।
ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ रहनुभएको थियो ।कार्यक्रममा बोल्दै मुख्य पाहुना सभापति श्रेष्ठले खेलले मानिसलाई अनुशासीत राख्न शारीरिक र मानसिकरुपमा स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्ने बताउनुभयो । स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेलको माध्यमबाट रामपुरलाई चिनाउन ज्योतिपुन्ज युबाक्लबले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले अहिले पुराना राजनीतिक दलले ३५ बर्षमा केही काम गरेन भनेर प्रचार गरिएको भन्दै नेपालको बिकाशमा यो ३५ बर्षमा ठुलो फड्को मारेको बताउनुभयो ।उहाँले रामपुरको बिकाशमा धेरै काम भएको र आफू यस ठाउँ को बिकाशमा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा कार्यबाहक नगरप्रमुख एबं वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले बोल्दै यस क्लबको खेलमैदान निर्माणका लागी रामपुर नगरपालिकाले गतबर्ष २ करोड बजेट बिनियोजन गरेर काम भैरहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष दोबराज तिवारीले बोल्दै ज्योतिपुन्ज युवा क्लबको हरेक गतिविधिमा वडाले सहयोग गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा निबर्तमान अध्यक्ष सुदिप गौतम, क्लबका सल्लाहकार सुर्य भट्टराई ,नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले बोल्दै प्रतियोगितालाई सफल पार्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
क्लबका अध्यक्ष सुन्दर रानाले प्रतियोगिताले युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्दै सक्षम खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन संग जोड्ने, रामपुरमा स्तरीय खेलमैदान निर्माण तथा खेलकुद मैत्री वातावरण विकास गर्ने उद्देश्यले चौथो संस्करणको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा स्वागत सचीव गोपाल बहादुर दमै र संचालन निलकण्ठ पोखरेल र पुर्ब अध्यक्ष कृष्ण पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा श्रीकिस कला केन्द्रका कलाकारहरुले आफ्नो प्रस्तुति देखायका थिए ।
भोलिको खेल चितवनको हनामी बीएफसी र रुपन्देहीको देवदह ब्वाइज क्लबको बीचमा दिनको ठिक ३ बजे सुरु हुने आयोजकले जनायको छ ।
राष्ट्रिय टोलीका खेलाडीहरूको सहभागितामा सुरु भएको प्रतियोगितामा शीर्ष ’ए’ डिभिजन क्लब सहित १० टिमको सहभागिता रहेको छ ।
असोज ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज युवा क्लब, रुपन्देहीको देवदह ब्वाइज क्लब, स्याङ्जाको चापाकोट आरएफसी, होराइजन क्लब वालिङ, रुपन्देहीको सम्पूर्ण युवा क्लब, नवलपरासीको भैरव स्पोर्टस क्लब, चितवनको सूर्यपुर फुटबल क्लब, नवलपरासी पूर्वको ठकुरी कल्याण समाज, चितवनको हनामी बीएफसी र पोखराको गन्नी फुटबल क्लबको सहभागीता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था पनि गरिएको छ ।प्रतियोगिताको सेमिफाइनलिस्ट टिमले ३० हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक विधामा जनही १० हजार रुपैयाँ नगद पुरस्कारको ब्यबस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपियाँ प्रदान गरिनेछ ।
खेलको अबसरमा असोज ३० गते जिल्ला स्तरीय माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता समेत हुने आयोजकले जनायको छ ।
प्रतियोगितामा भिआइपी टिकट शुल्क २ हजार, क्वाटरफाइनल खेलसम्मको लागी टिकट शुल्क १०० र सेमिफाइनल र फाइनल खेलको लागी २०० टिकट शुल्क राखियको छ ।खेल अबलोकनको लागी प्याराफिटको निर्माण गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार प्रायोजन चौधरी ग्रुपको वाइवाई चाउचाउले गरेको छ ।कार्यक्रममा जापानीज नागरिक समाजसेबि काजुमासा काकिमी ओकेबाजेको विशेष सहयोग रहेको छ ।
प्रतियोगिता रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ, पाल्पाको समन्वय तथा सहयोगमा सञ्चालन भएको छ ।


