महिला समाजको एक अगं भएपनि परापुर्वकाल देखि गरिदै आएको व्यावहारका कारण सोच परिवर्तन हुन सकेको छैन । संबिधान र कानुनमा जति कुरा राखिएपनि सामाजिक जागरण र मानसिकता परिर्वतन हुन सकेको छैन । परापुर्वकाल देखि चल्दै आएको सामाजिक संस्कार मुल्य मान्यताले पनि नेपाली महिला माथि अन्याय गरिरहेको छ ।
अझ अहिलेको परिवेशलाई निहाल्दा कामकाजी महिलाको संख्या वढ्दै गएको छ जसका कारण महिला माथि दोहोरो भुमिका निर्वाह गर्नु परिरहेको छ । घरको सवै जिम्मेवारी छोरी हुदाँ छोरीको बुहारी हुदाँ बुहारीको साथै कामकाजी महिलाको हकमा कार्य क्षेत्रको जिम्मेवारी निर्वाह गर्नु पर्ने देखिन्छ । अहिले सम्म आइपुग्दा विश्वले थुप्रै प्रगति गरेको छ । विश्वकै आधा आकास ढाक्ने महिलाको संख्या रहेको छ । नेपालमा पनि पुरुषको तुलनामा महिलाको संख्या वढि रहेको छ । तुलनात्मक रुपमा हेर्दा समाज निर्माणका लागि पुरुषले मात्र सम्भव छैन ।
जसरी एक सिक्काका दुई पाटा हुन्छन् त्यसरिनै समृद्ध समाज निमार्णका लागि पुरुषले मात्र सम्भव छैन । आधा आकाश ढाक्ने महिलाको सक्रियता विना समाजले आर्थिक सामाजिक लक्ष्य हासिल गर्न सक्दैन ।
जसरी एक सिक्काका दुई पाटा हुन्छन् त्यसरिनै समृद्ध समाज निमार्णका लागि पुरुषले मात्र सम्भव छैन । आधा आकाश ढाक्ने महिलाको सक्रियता विना समाजले आर्थिक सामाजिक लक्ष्य हासिल गर्न सक्दैन । नव निर्माणको बाटोमा भर्खर पाईला टेक्दै गरेको विकाससिल मुलुक नेपालमा महिलाको आर्थिक सामाजिक राजनितिक पुर्ण सकृयता विना समाज रुपान्तरणको नारा हात्ति आयो हात्ति आयो फुस्सा जस्तै हुनेछ । महिलाको प्रयाप्त सहभागिता गराएर नयाँ नेपाल निर्माणको सुरुवात गर्नु आजको टट्कारो आवश्यकता हो ।
ऐतिहासिक पृष्ठ भुमि हेर्ने हो भने दोस्रो विश्व युद्ध पछि मात्र महिलाहरु घर वाहिर निस्कन थालेको ईतिहास रहेको छ । जब महिला घर वाहिर निस्केर आफ्नो काम कुशलता पुर्वक गर्दैगए त्यसपछि महिला घर वाहिर निस्केर काम काजी बनेको ईतिहास रहेको छ । जब महिला वाहिर निस्कन थाले उनिहरु माथि दोहोरो तेहेरो भुमिका र्निवाह गर्न थालेका छन । जसले गर्दा परम्परा गत मुल्य र मान्यता, घर भित्रको सिमित घेरा लाई चिर्दै घर वाहिरको कामकाजको क्षेत्रमा प्रवेश गरी सामाजिक आर्थिक राजनितिक स्वतन्त्रताको अनुभुति गर्दै राज्यको सबै संयन्त्रमा सहभागिता बढाउदै शसक्तिकरणको क्षेत्रमा थुप्रै प्रयासहरु गरेका छन ।
विश्वकै सवै जसो मुलुकमा महिला र पुरुष बिचको भेद परम्परा देखिनै चलि आएको हो । अझ हाम्रो जस्तो बिकासशिल मुलुकमा असमान र विभेदात्मक कार्य विभाजन रहदै आएको पाईन्छ । यस्तो कार्य विभाजन घर वाहिरको काम पुरुषले र घर भित्रको काम महिलाले गर्नु पर्छ भन्ने धारणले जरो गाडेको छ । यसको निराकरणका लागि जब महिला कामकाजी बाहिर वन्न धाले त्यस पछि उनिहरुमा दोहोरो जिम्मेवारी थपिएको छ । जुन रुपमा महिलाको सहभागिता घर वाहिर बढ्दैछ त्यस अनुरुप पुरुषहरुको घर भित्र सहभागिता बढेको पाईदैन । यसबाट प्रस्ट महिला घर भित्र घर बाहिरको दोहोरो काम मा पेलिएका छन् बुझ्न सकिन्छ ।
यस्तो दोहोरो कामको बोझको कारण महिलाको अधिकांस समय भित्र बाहिर व्यवस्थापन गर्दैे वित्ने हुनाले आफ्नो क्षमता अनुुसार काम गर्न सकिरहेका हुदैनन् र शसक्तिकरणमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । कामका बोझका कारण समय निकाल्न नसक्दा पढाई पुरा गर्न नसक्ने , क्षमता विकास तालिम तथा प्रशिक्षणहरुमा सहभागि हुन नसक्ने, घर आईसी झन्झटिलो काममा अल्मलिरहनु पर्दा आर्थिक आम्दानी हुने कामका अवसर गुमाउनु पर्ने,आफ्नो स्वतन्त्र पुर्वक काम गर्न नपाउनु जस्ता थुप्रै चुनौतिको सामना बाट गुज्रिरहेका छन् । एका तर्फ दोहोरो जिम्मेवारीको बोझ छ भने अर्को तर्फ श्रमको मुल्य छैन । र घर भित्रको कामलाई अनुत्पादक श्रमको रुपमा लिईन्छ । र आर्थिक अवमूल्यन गरिन्छ । महिला श्रमको अवमूल्यन कारण जति समय खर्च गरेपनि जति दुख कष्ट गरे पनि आफ्नोे नाममा कुनै पनि आम्दानी गर्न नसम्ने र सधै पुरुष तथा परिवारमा आश्रीत भएर निरिह जिवन जिउन बाध्य हुनु परेकोछ । यिनै विविध कारणले गर्दा श्रम वजारमा महिला सहभागितामा चुनौति देखिएको छ । जसको प्रत्यक्ष अप्रत्यक्ष असर नयाँ नेपाल निर्माणमा देखिएको छ । यस्ता चुनौतिको सुस्म रुपमा अध्ययन गरि समाधानको वाटो तर्फ अग्रसर हुनु आजको आवश्यकता हो ।
परिवार समाज र राष्ट्र प्रति दायित्व निर्भाह गरि आत्म निर्भर बाटो तर्फ लाग्दा दोहोरो बोझ परेको देखिन्छ । सामाजिक संस्कार परम्परा मूल्यमान्यता र हाम्रो पितृ सत्तात्मक सोचका कारण अझै पनि महिलाहरु घाटिँमा लगाम लगाएको घोडा जस्तै भएका छन् । विहान सखारै उठे देखि परिवार प्रतिको उत्तर दायित्व निभाउनु पर्ने दिउसो र्कायक्षेत्रका खटिनु पर्ने साथै घर फर्के पछि पुन सवै घरको धन्दामा जुट्नु पर्ने बाध्यता छ । यदि एक दिन मात्र पनी कमजोरि भए लगााम तानिन्छ । जसका कारण स्वतन्त्र पन्छी वन्ने समाज र राष्ट्रमा केहि गर्ने चाहाना अधुरै रहन्छ ।
सविंधानमा जे कुरा उल्लेख गरिएपछि पूर्ण स्वतन्त्र बन्न मानसिकता परिवर्तन गर्नु पर्ने देखिन्छ । अहिले पनि समाजमा महिलाहरु अझ भनौ जिम्मेवार महिला घर भित्र र वाहिर काम गर्ने महिला बोल्दा परिवारको मान प्रतिष्ठामा आच आउने डर र सोचका कारण जे जस्तो परिस्थितिमा पनि नबोल्ने सहने गरेको पाईन्छ ।
परिवार समाज र राष्ट्र प्रति दायित्व निर्भाह गरि आत्म निर्भर बाटो तर्फ लाग्दा दोहोरो बोझ परेको देखिन्छ । सामाजिक संस्कार परम्परा मूल्यमान्यता र हाम्रो पितृ सत्तात्मक सोचका कारण अझै पनि महिलाहरु घाटिँमा लगाम लगाएको घोडा जस्तै भएका छन् ।
घर व्यवहारमा गरिने सम्पूर्ण कामहरु जसमा महिलाहरुको अधिक सम्लग्नता रहेको हुन्छ , जसको श्रमको मूल्य हुदैन त्यसैले गर्दा कुल उत्पादनमा ह्रास आईरहेको छ , जसले गर्दा नया नेपाल निर्माणमा असर गरिरहेको छ । मानब संसाधन मानब कल्याण र्निमाणका र्कायहरु यसै अन्तरगत पर्दछन् । जसलाई राष्ट्र निर्माणको मेरुदण्डको रुपमा लिन सकिन्छ । शिक्षा स्वास्थ्य ,खान पान , बृद्धहरुको स्याहार सुसार आफन्तहरुको शारिरिक मानसिक मनोबैज्ञानिक हेरविचार गर्नु पर्ने जिम्मेवारि साथै समाज र राष्ट्रका निम्ती गर्ने कामका कारण चपेटामा परेको पाईन्छ । घरव्यबहार व्वयबस्थापन गरि सब्य समाज निर्माणमा खेलेको महत्वपूण भूमिकाको अवहेलना गर्दै आएको पाईन्छ । महिलाका काधँमा आईपर्ने घर व्यवहारका विभिन्न जिम्मेवारिले गर्दा उनिहरु कामको दोहोरो तेहेरो बोझले थिचिएका छन् । घरमा हुने कामहरु घर सरसफाई , खाना वनाउने , कपडा धुने , गाउँघरमा वस्तु भाउ पाल्ने महिलाहरुले घासँ दाउरा कुटानि पीसानी गोठालो मेलापात सँगै भित्रका प्रत्येक काम गर्नु पर्ने वाध्यता रहेकोछ । बच्चा हुर्काउने देखि सवै काम जसको श्रमको कुनै मूल्य हुदैन ।
यि सवै कामका वाबजुद महिला सामाजिक राजनितिक र आर्थिक उर्पाजनका लागि काम गर्न घर वाहिर निस्कनु पर्ने वाध्यता रहेको छ । श्रीमान श्रीमति दुवै वाहिर काम गर्छन् भने श्रीमतिले घरको सवै काम सक्नु पर्ने घर व्यवस्थापन , सगैँ परिवारको ईच्छाहरु पुरा गर्नु पर्ने देखिन्छ भने पुरुषहरु कार्य क्षेत्रबाट घर ढिला फर्के पनी हुने र फर्के पछि थकान भन्दै आराम गर्ने गछन् । यसले गर्दा महिलालाई बोझ थपिएको छ ।
महिलाले नै घरको काम र्गनु र्पछ भन्ने परम्परागत मान्यतालाई अव शिक्षित बर्गले चिर्दै कामको वाडँफाडँ दुवै मिलेर गरे महिलालाई बोझपनि कम हुने र नयाँ नेपालको निर्माणमा सहयोग पुग्ने थियो । महिला माथिको कामको बोझ हटाउन सके त्यो समय उनिहरुको क्षमताविकास र आर्थिक उन्नतिमा लगाउन सकिन्छ भने सबृद्धिको बाटोमा इट्टा थपिने थियो र समाज बिकासमा महत्वर्पूण रहने थियो ।