रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

बाेली खबर   २०७८-०१-२७

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।