रामपुर, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वस्थ्यकर्मीहरुको लागि स्वस्थ्य वातावरण तयार गर्नु सबै दायित्व रहेको बताउनु भएको छ । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुको मनोवल र गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्नेे एक कार्यक्रमका वीच बताउनु भएको छ ।
पाल्पाको रामपुरमै जन्मिएर हाल लुम्विनी प्रदेशका मन्त्रि बनेपछि उहाँ आफ्नो जन्म थलो पहिलो पटक आउनु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भए संगै १४ औं दिनमा पाल्पाको रामपुर अस्पताल र रामपुर आयुर्वेदिक अस्पतालको अवस्था निरिक्षणमा आउनु भएका श्रेष्ठले चिकित्सकहरुको स्वास्थ्यसंगै आर्थिक, भौतिक र सामाजिक सुरक्षा दिएर उनीहरुको मनोबल उच्च बनाउनमा सबैको ध्यान जानु पर्ने बताउनुभयो । यसरी खटिएका स्वास्थ्यकर्मीहरुलाई हामीले सम्मान गरेर उनीहरुको हौसला बढाउन सके थोरै चिकित्सकहरुले पनि धेरै सेवा दिन सक्छन् । यसमा जनप्रतिनीधि संगै सामाजिक व्यक्तित्वहरुको विशेष भुमिका रहन्छ उहाँले थप्नु भयो ।’
मन्त्री श्रेष्ठले महामारीको अवस्थामा स्थानिय तह र जनप्रतिनीधिहरुको भुमिका ठूलो रहेको भन्दै सुरक्षित भएर मात्र जनचेतना लाग्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय चिमित्सक र विरामी विच समन्वय नहुँदा पछिल्लो समय समस्या थपिएको बताउनु भएको छ । कोरोना संक्रमित विरामीले सुरुवातमा घरमै उपचार गर्ने र चिकित्सकहरुसंग आवश्यक समन्वय नगर्दा पछि एक्कासी जटिल समस्या देखिएको प्रति चिन्ता व्यक्त गर्नु भयो । ‘सुरुवातमा घर मै उपचार गर्न तर्फ लाग्छौ । होम आईसोलेसनमा बसिरहँदा पछि एक्कासी आईसियु र भेन्टिलेटर चाहिने गरी समस्या देखिएको छ । त्यसैले चिकित्सकहरु संग सम्पर्क गरौं ।’ उहाँले जन्म थलोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
उहाँले स्वस्थ्यकर्मीहरुलाई उपचारमा केन्द्रित हुन आग्रह गर्दै आवश्यक सिलिण्डर, औषधी तथा अन्य आवश्यक सामग्रीको आपूर्तिमा व्यवस्थापनमा अस्पताल विकास समिति, जनप्रतिनिधि र संघ संस्थाहरु जिम्मा लिएमा थप सहज हुने भएकाले सबैको सहयोग खाँचो रहेको बताउनुभयो । अहिले लुम्बिनी प्रदेशमा ३ हजार ५ सय सिलिण्डर अक्सिजन दैनिक आवश्यक रहे पनि आपूर्ति २ हजार मात्र रहेको र १५ सय अझै अपुग रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोद कुमार गिरीले सबै अस्पतालहरुमा आईसियु र भेन्टिलेटर सञ्चालन गर्न सिमित स्रोत र जनशक्तिले नभेट्ने बताउँदै त्यस्ता अस्पतालहरुलाई एचडियुलाई सुधार मन्त्रालयले आवश्यक पहल गरिरहेको समेत जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सांसद युवराज खनालले कोभिड नियन्त्रणको लागि हामी सबैको ध्यान जानु आवश्यक रहेको र आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । नगर प्रमुख रमण बहादुर थापाले नगरबासीहरुलाई जोगाउन लागि परेको मन्त्री समक्ष जानकारी गराउँदै अस्पताल संग समन्वय गरेरै नगरपालिका अघि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले रामपुरका नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओबादी केन्द्र रामपुरका अध्यक्ष कमलराज भट्टराई, रामपुर अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष फणेश्वर गौतम, डाक्टर राजेश श्रेष्ठ लगाएतले अस्पतालको सेवा विस्तार र व्यवस्थापनका लागि आफ्नो सुझाव राख्नु भएको थियो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराईले अस्पतालले आफ्ना योजनहरु तयार गरेर अघि बढिरहे पनि अहिले कोभिड तर्फ केन्द्रित हुनु परेको बताउनुभयो । यस कार्यमा अझ पनि सबैको साथ र सहयोग खाँचो रहेको बताउनुभयो ।
रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालले कोभिडका विरामी व्यवस्थापनमा गरेको प्रयास, वर्तमान अवस्था र समस्याको बारेमा जानकारी गराउनु भएको थियो।